नेकपा एमाले बुढानिलकण्ठ-१२ ले मङ्सिर ३० गते वडा अधिवेसन गर्ने
कपन अनलाइन
काठमाडौं,मङ्सिर १।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीले मङ्सिर ३० गते वडा अधिवेसन गर्ने भएको छ।नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीको बैठकले आगामी मङ्सिर ३० गते वडा अधिवेसन गर्ने निर्णय गर्दै कार्यविभाजन समेत गरेको छ।
वडा नं १२ कमिटीका अध्यक्ष शंकर प्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले अधिवेसनलाई सफल रुपमा सम्पन्न गर्नका लागि निम्न अनुसार कार्यविभाजन गरेको छ।
१. अधिवेसन आयोजक समिती : संयोजक शंकर प्रसाद भट्टराई
२.संगठित सदस्यता ब्यवास्थिकरण तथा सहजीकरण समिती : संयोजक शिला लामा
३.हल व्यवस्थापन : संयोजक शम्भु प्रसाद भट्टराई
४.जनपरिचालन समिती : संयोजक देवेन्द्र थापा
५. आर्थिक व्यवस्थापन समिती : राजेन्द्र पुडासैनी
६.प्रतिवेदन लेखन समिती : शंकर प्रसाद भट्टराई र विष्णु प्रसाद भट्टराई
७.कार्यालय व्यवस्थापन समिती : संयोजक खडानन्द लुइँटेल
८.नेतृत्व चयन सहजीकरण समिती : केदार राज पुडासैनी,मुरारी भण्डारी र राजन पोखरेल
९. स्वयंसेवक परिचालन समिती : संयोजक केदार प्रसाद दाहाल