नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १२।
नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जनलाई नियुक्त गरेको छ ।
महासंघको नवौं कार्यसमितिको बैठक अघि अध्यक्ष विदुर प्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजिनामा पत्र हस्तान्तरण गरेका थिए। गौतमको उपस्थित रहेको बैठकले राजिनामाको स्वीकृति पछि महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पुर्ण कार्यकारी अधिकार सहित महर्जनलाई अध्यक्षमा सर्व सहमतिले निर्णय महासंघले गरेका थिए।
सो अवसरमा विदुर गौतमले “मैले समय व्यस्तताको कारणले राजिनामा दिए पनि मैले भ्याएसम्म महासंघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
२०५५ सालमा बुद्धििचाल खेलाडी भएर खेल जीवन सुरु गरेका महर्जन २०६२ सालमा हेरा बहादुर स्थापित अध्यक्ष रहँदा कार्य समितिमा प्रवेश गरेका थिए।
त्यसपछि उनी संघको सचिव , महासचिव , उपाध्यक्ष हुँदै २०८० बैसाखमा सम्पन्न साधारणसभाले लोकपि्रय मत सहित वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए भने २०७२ देखि २०७६ सम्म ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारीमा रहेका थिंए।
महासंघको कार्य समितिले बुद्धिचाल खेल प्रति पुर्याउनु भएको उनको योगदानलाई कदर गर्दै आगामी समयमा पनि खेल प्रति साथ सहयोगको अपेक्षा सहित बिदाइ गरेका थिए।पदभार ग्रहण गर्दै कार्यवाहक अध्यक्ष हेराकाजि महर्जनले बुद्धिचाल खेल बिकास र विस्तार गर्ने कार्यमा सबैलाई समेतेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन्।