भारतीय राजदुतावासको सहयोगमा श्री महेन्द्र राष्ट्रिय माबी बालुवाटारको नवनिर्मित भवन उदघाटन

भारतीय राजदुतावासको सहयोगमा श्री महेन्द्र राष्ट्रिय माबी बालुवाटारको नवनिर्मित भवन उदघाटन

कपन अनलाइन

काठमाण्डौ ,असोज २४।

भारतीय राजदुतावासको सहयोगमा श्री महेन्द्र राष्ट्रिय माबी बालुवाटारको नवनिर्मित भवन उदघाटन गरिएको छ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयकालागि निर्मित विद्यालय भवनको भारतीय राजदूतावास, काठमाडौंकानियोग उप–प्रमुख प्रसन्नश्री वास्तव र  जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख  सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्घाटन गरी  हस्तान्तरण गरेका छन।
सो उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
 ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो ।
भारत सरकार र नेपाल सरकार बीच भएको एक सम्झौता अनुरुप  ‘उच्चप्रभाव सामुदायिक विकास परियोजना’को रुपमा निर्माण गरिएको सो  परियोजनालाई जिल्ला समन्वय समिति, काठमाडौंले  कार्यान्वयन गरेको हो ।
उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख  श्रीवास्तवले यो परियोजना भारत र नेपाल बीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका थिए।
उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताएका थिए।
 महेन्द्र राष्ट्रिय विद्यालयको स्थापना जागरुक शिक्षकहरुको संयुक्त प्रयासमा सन् १९५६ माखुला मैदानमा प्राथमिक विद्यालयको रुपमा भएको थियो ।
नेपाल सरकारले सन् १९७३ मा यस विद्यालयलाई प्राथमिक विद्यालयको रुपमा मान्यता दिएको थियो । सन् १९९५ मा निम्न माध्यमिक तहमा स्तरोन्नत भएको सो यो विद्यालय सन् २००० मा माध्यमिक तहमा र पछि गएर उच्च माध्यमिक तहमा स्तरोन्नती भएको हो ।
तपाइँको प्रतिक्रिया ।