काठमाडौं महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ ,आश्विन १६।

काठमाडौं महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “हाम्रो सोच तपाईहरुको योगदान, कसैलाई जीवन बरदान भन्ने मूल नाराको साथमा हाम्रो सोच भन्ने संस्थाको आयोजनामा तथा हिमाल अस्पतालको प्राबिधिक सहयोगमा असोज १३ गते शनिबार बिहान ८:३० बजे देखि दिउसो १ बजे सम्म काठमाडौं महानगरपालिका वडा नं ५ ढुंगेधारा पार्क हाँडीगाउमा भएको उक्त रक्तदान कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान गरेको आयोजक संस्थाका सचिव सन्दिप महर्जनले कपन अनलाइनलाइ जानकारी गराए।

उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुको हौसला बढाउनको लागि प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल, बागमती प्रदेश सभा सदस्य राजेन्द्र प्रजापति समाजसेवी सुर्यलाल प्रजापति  लगायत स्थानीय जनप्रतिनिधि बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत रक्तदाताहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाइ कैलाशकुट बचत तथा ऋण सहकारी संस्था र अक्सों इन्सिच्युटले प्रयोजन गरेको थियो ।

कसैको पनि रगतको अभाबमा ज्यान नजावोस भन्ने उदेश्य सहित रक्तदान गरिरहेको उक्त संस्थाले प्रत्येक बर्ष रक्तदान संगै बिभिन्न सामाजिक क्रियाकलाप समेत गर्दै आइरहेको छ । रक्तदाताहरुलाई आयोजक संस्थाले प्रमाणपत्र प्रदान गर्नुको साथै जुस र फलफुल समेत वितरण गरेको थियो। कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छ ।

तपाइँको प्रतिक्रिया ।