मिठाराम र जयराम काठमाण्डौ खुल्ला क्षेत्रबाट उम्मेदवार ,दलित क्लस्टरमा सुकुलाल सुनार (संगम )

कपन अनलाइन

काठमाडौँ, आश्विन ११।

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेसनमा काठमाण्डौ जिल्लाको खुल्ला सदस्य पदमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र प्रदेश सभा सदस्य जयराम थापाले उम्मेद्वारी दिएका छन।

यस अघि बागमती प्रदेश कमिटी सदस्य रहेका अधिकारी र जिल्ला कमिटी सदस्य रहेका थापाले आज हुने निर्वाचनमा काठमाण्डौ जिल्लाको खुल्ला क्षेत्रमा उम्मेद्वारी दिएका हुन्।

त्यस्तै काठमाण्डौ जिल्लाको दलित क्लस्टरबाट बागमती प्रदेश कमिटी सदस्य सुकुलाल सुनार ( संगम ) ले उम्मेद्वारी दिएका छन। नेकपा एमालेको प्रारम्भिक कमिटी देखि सक्रिय रहेर जिल्ला कमिटी सदस्य हुदै प्रदेश कमिटी सदस्य बनेका सुनारले विभिन्न जन संगठनमा पनि आफ्नो योगदान पुर्याएका छन ।

तपाइँको प्रतिक्रिया ।