विश्व पर्यटन दिवसमा पर्यटकहरुलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिको स्वागत

विश्व पर्यटन दिवसमा पर्यटकहरुलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिको  स्वागत

कपन अनलाइन

काठमाडौँ, आश्विन १० ।

विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ ४४ औं विश्व पर्यटन दिवस मनाइँदै छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर श्री बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई स्वागत गरेको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई खादा लगाएर स्वागत गरेका हुन ।

साथै समितिले आज बौद्धनाथ महाचैत्य अवलोकनका लागि पुगेका प्रथम दश जना पर्यटकहरुलाई प्रवेश निशुल्क समेत गरेको समितिका अध्यक्ष राजकुमार लामाले कपन अनलाइनलाइ जानकारी गराए । स्वागत कार्यक्रममा श्री बौद्ध नाथ क्षेत्र विकास समितिका पदाधिकारीहरु रग्वा शेर्पा, सैलेश श्रेष्ठ, सुरज रुम्बा, पशुपतिनाथ (श्याम)खतिवडालगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।