काठमाण्डौ प्रमुख बालेनलाई झट्का : चखुंचाको बक्स कल्भर्ट नभत्काउन उच्च अदालतको रिट जारी
कपन अनलाइन
काठमाडौं आश्विन ९।
उच्च अदालत पाटनले चखुंचा खोलामा बनेको बक्स कल्भर्ट नभत्काउन काठमाण्डौ महानगरपािलका विरुद्धको रिट जारी गरेको छ ।
काठमाण्डौ महानगरपािलका वडा नं ६ र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सिमानामा रहेका चखुन्चा खोलामा आरम्भचोक देखी तेञ्जिङचोकसम्म बनेको बक्स कल्भर्ट नभत्काउने र नविगार्ने माग दावि लिएको रिट निवेदन उपर अन्तरिम आदेसको छलफलका लागि बोलाइएकोमा प्रत्यार्थीको लिखित जवाफ परिसकेको अवस्थामा न्यायाधिस महेश शर्मा पौड्याल र रमेश ढकालको इजलासबाट रिट निवेदन आंशिक जारी हुने भनि आदेस भएको हो।
उक्त आंशिक रिट जारी भए संगै अव आरम्भचोकदेखी तेञ्जिङचोकसम्म बनेको बक्स कल्भर्टको वैकल्पिक व्यवस्था नभएसम्म भत्काउन नपाउने भएको छ ।
उक्त रीट निवेदन स्थानिय वासिन्दाहरुको तर्फबाट रोशन अच्छामीले दर्ता गरेका थिए भने उक्त रिट निवेदनमा बरिष्ठ अधिवक्ता भ्रमण श्रेष्ठ र अधिवक्ता छन्दप्रसाद अचार्यले निवेदकका तर्फबाट वहश गरेका थिए ।