बेहाल सडकका कारण कपन चौकीलाई सास्ती…….

बेहाल सडकका कारण कपन चौकीलाई सास्ती…….

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ को सिमानामा रहेको सडक जिर्ण बन्दा  कपन क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको कपन प्रहरी प्रभागको कार्यालयले दिनहु सास्ती खेप्नु परेको छ।

साततले आनिगुम्बा ढल विस्तार योजना अन्तर्गत रहेको यस स्थानको निर्माण जिम्मा पाएको ठेकेदारको चरम लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण सडक जिर्ण बन्दा प्रहरी प्रभाग रहेको स्थान सम्म आउन समेत जनताहरुले निकै कस्ट भोग्दै आएका छन ।

अत्यावस्यक सेवा मध्येको महत्वपूर्ण प्रहरी सेवा प्रदान गर्ने प्रहरी चौकी अगाडी रहेको सडकको बेहाल अवस्थाका कारण प्रहरी र स्थानीयहरुले निकै ठुलो कस्ट भोग्नु परिरहेको सो स्थान नजिक रहेका एक ब्यापारीले बताएका छन।

कुनै पनि घटना दुर्घटना वा अन्य कारणले प्रहरी कार्यालय आएका ब्यक्तिहरु र सो क्षेत्रमा आवतजावत गर्ने सवारीहरुले सडकको दुरावस्थाका कारण सास्ती भोगिरहेको अर्का एक वर्कसप संचालकले बताएका छन।

कम्तिमा खाल्डो पुरिदिए मात्र पनि सवारी आवागमनका लागि सहज हुने भन्दै उनले प्रहरीकै सवारी पनि बेला बेलामा सो स्थानमा फस्ने गरेको बताए।वडा नं १० र १२ को मुख्य सडक मध्ये रहेको यस सडकक सो खण्ड मर्मत गरेर सहज बनाउन आग्रह गर्दै उनले डुवानले दिएको पिडामा जिर्ण सडकले  झन दुख थपेको भन्दै गुनासो गरेका छन।

तपाइँको प्रतिक्रिया ।