कपनका खोला खोल्ने पक्षमा रास्वपा ,बक्स कल्भर्ट दिर्घकालिन समाधान हैन भन्दै ज्ञापन पत्र बुझायो
कपन अनलाइन
काठमाण्डौ ,असोज २ ।
रास्ट्रीय स्वतन्त्र पार्टीले कपन लगायतका क्षेत्रमा रहेका खोलाहरुको प्राकृतिक बहाव कायम हुनुपर्ने बताएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ लाई ज्ञापन पत्र बुझाउदै रास्वपाले कपन क्षेत्रमा रहेको बाढी र डुवान समस्याको दिर्घकालिन समाधान हुनुपर्ने भन्दै खोला र खोल्साहरु खोलेर प्राकृतिक बहाव कायम राख्नु पर्ने बताएको हो।
रास्वपा बुढानिलकण्ठ नगर समितीको छलफलबाट पारित भएका धारणा उल्लेख गरिएको ज्ञापन पत्रमा नियमपूर्वक बनाइएका घर तथा संरचनामा क्षति पुगेमा उचित राहतको व्यवस्था हुनुपर्ने माग गरिएको छ।
हाल निर्माण भैरहेको बक्स कल्भर्ट दिर्घकालिन समस्याको समाधान नरहेको भन्दै रास्वपाले बाढी नियन्त्रणका लागि बर्सेनि आउने बजेटलाई पारदर्शी बनाउनु पर्ने माग समेत गरेको छ।
के छ ज्ञापन पत्रमा ?
तपाइँको प्रतिक्रिया ।