बुढानिलकण्ठ शैक्षिक मंचको चौथो नगरस्तरीय विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,असोज १।
बुढानीलकण्ठ शैक्षिक मञ्चको आयोजना र बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा चौथो नगरस्तरीय विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रमको समुद्घाटन गर्दै नगरउपप्रमुख अनिता लामाले तिजको सौन्दर्यता र एकतालाई महिलाहरुले ठाउँ ठाउँबाट उठाएको कारणले तिज धर्म विशेष भन्दा पनि माथि राष्ट्रिय संस्कृति बनिसकेको र मुलुक यतिबेला राष्ट्रिय संस्कृति निर्माण गर्दै राष्ट्रिय पूँजी निर्माण गर्ने ध्येयमा जुटीरहेको अवस्थामा तिज संस्कृतिको असल पक्षहरुलाई थप उजागर गर्दै लैजानुपर्ने बताएकी थिइन् ।
विजयी टीमलाई ट्रफी, तक्मा र प्रमाणपत्र तथा सहभागी सबै विद्यार्थी एवं विद्यालय तथा कोरियोग्राफरलाई प्रमाणपत्र नगरप्रमुख मिठाराम अधिकारीले प्रदान गर्नुभयो र कार्यक्रमको प्रशंसा गर्नुहुँदै नगरपालिकाभित्र धेरै प्रतिभावान विद्यार्थीहरु रहेको र उनिहरुको प्रतिभालाई थप विकसित गर्दै लैजान नगरपालिका तयार भएको धारणा राखेका थिए ।
तिज राम्रो भएकोले सबैले मनपराउने तर यसले ल्याउनसक्ने विकृत कुराहरुलाई हामीले सचेत हुनुपर्ने बताउदै मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछाने बुढानीलकण्ठ नगरपालिकाभित्रका सबै विद्यालयहरु समेटीएको एक साझा मञ्चको रूपमा सक्रिय रहेको यजानकारी दिएका छन ।