रिलायन्स पब्लिक मोडल युनाइटेड नेसन च्याप्टर- ८, २०२३ शुरु
कपन अनलाइन
काठमाडौँ, भाद्र २९ ।
रिलायन्स पब्लिक स्कुल बुढानिलकण्ठ १० मा रिलायन्स पब्लिक मोडल युनाइटेड नेसन च्याप्टर- ८, २०२३ शुरु भएको छ । बिहिबार स्कुलको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम बिच समारोहको उद्घाटन भए सँगै रिलायन्स पब्लिक मोडल युनाइटेड नेसन च्याप्टर ८ २०२३ विधिवत् रूपमा सुरु भएको हो। पठन पाठन सँगै अतिरिक्त क्रियाकलापहरूलाई जोड दिँदै आएको रिलायन्सले आगामी भाद्र ३० गतेसम्म चल्ने कार्यक्रम मार्फत विद्यार्थीहरूको व्यक्तित्व विकास हुने विश्वास लिएको छ ।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा कलेज प्रिन्सिपल रवीन्द्र जंग थापाको अध्यक्षता तथा चीनका लागि पुर्व नेपाली राजदुत टंक कार्कीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा संयुक्त राष्ट्रसंघ दिगो विकासका सल्लाहकार सुबास नेपाली सिनियर चार्टर एकाउन्टेन्ट राजु कुमार शिवाकोटी रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछाने रिलायन्स कलेजका सह प्रधानाध्यापक नन्दु कुशवाह,रिलायन्स को एडका प्रिन्सिपल दशरथ ज्ञवाली रिलायन्स कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख गोबिन्द ढकाल लगायत रिलायन्सका सञ्चालक, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन मिडल स्कुल इन्चार्ज सुष्मा तामाङले गरेकी थिइन । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन प्रति मौन धारण सहित शुरु भएको उक्त कार्यक्रममा रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछानेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । संयुक्त राष्ट्रसंघले सन २०३० सम्म प्राप्ति गर्नेगरी निर्धारण गरेको लक्ष्यहरु र तिनको दिगो बिकासका निम्ति विद्यालय, कलेज र विश्व विद्यालय तह देखिनै चेतना विस्तार गर्ने तथा जिम्मेवार र जवाफदेही जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । उनले सोही अनुरुप गरिएको सो सम्मेलनको उदेश्य पनि सोही मुताविक रहेको जानकारी गराएका थिए ।
विभिन्न आठवटा समुहका समुहगत छलफल, प्रतिवेदन निर्माण तथा प्रस्तुतिकरण लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समाबेश गरिएको जानकारी गराए । उक्त सम्मेलनको उदेश्य बिद्यालय तह देखि नै बिद्यार्थीमा नेतृत्व विकास गराउने, विश्व भाइचाराको अवधारणा प्रति सम्मान भाब प्रकट गराउने शान्ति, समानता दिगो विकास, सह अस्तित्व ,समान वितरणको भावना जागृत गराउदै सद्भावपूर्ण दृष्टिकोण सहित सुबिधामा सबैको सर्वसुलभ पहुचको अवधारणा विकास गराउने मुख्य उदेश्य रहेको कार्यक्रम जानकारी गराइएको थियो ।
संयुक्त राष्ट्र संघ अन्तर्गत रहेका तथा अन्य बिभिन्न समितिहरु मध्ये निम्न समितिहरु जस्तै FPN( Federal parliament o Nepal) WHO ( world health organization) ECOFIN( Economic and financial Affairs ) UNWOMEN,DISCE ( Disarmament and security council),SOCHUM ( social cultural and Humanitarian Committee) ICC, (international cricket council )IPC (International press council) लाइ तत् तत् समितिको अध्यक्ष मार्फत समूह विभाजन गरि बिश्व जगतमा बिध्यमान समकालीन समस्याहरु प्रति गहन छलफल , निचोड, निष्कर्ष, र समाधान पहिल्याएर बिश्व समानताका लागि रिलायन्स पब्लिक स्कुल नमुना राष्ट्रसंघिय सम्मेलन संचालन गरिने समेत जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रविद् एबम पुर्व राजदुत टंक कार्की , संयुक्त राष्ट्रसंघ दिगो विकासका सल्लाहकार सुबास नेपाली, चार्टर एकाउन्टेन्ट राजु कुमार शिवाकोटी लगायतले कायक्रम सफलताको शुभकामना ब्यक्त गर्दै यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा नेतृत्व विकास गराउन सहयोग पुग्ने बताएका थिए ।
उनीहरुले बिध्यालयले नमुना कार्यक्रम आयोजना गरेकोमा खुसि ब्यक्त गरेका थिए । उनीहरुले यु एनको इतिहास, स्थापनाको पृष्ठभूमि, गरेका कार्यहरू लगायत विविध विषयमा चर्चा गर्दै नेपालको संविधानले पनि युएनको सिद्धान्त अवलम्बन गरेको र नेपालले सधैँ विश्व शान्तिको लागि प्रयास गरिरहेको उनीहरुको भनाई रहेको थियो।
कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष प्रिन्सिपल रबिन्द्रजंग थापाले धन्यवाद ज्ञापन गर्दै रिलायन्सले पढाइ मात्र नभई अतिरिक्त क्रियाकलाप मार्फत बिद्यार्थीको चौतर्फी बिकासमा ध्यान दिदै यस्ता कार्यक्रमलाइ प्राथमिकतामा राखेर आयोजना गर्दै आएको जानकारी गराएका थिए ।उनले उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।