बागमती प्रदेस अधिवेसन प्रतिनिधिमा सिन्धुपाल्चोकका दिपक विक्रम देउजाले उम्मेद्वारी दिने
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २१ ।
नेकपा एमाले बागमती प्रदेस कमिटीको प्रथम अधिवेशन असोज ८ र ९ गते काठमाडौ हुदै छ । १३ जिल्ला र ११९ वटा स्थानीय तह रहेको वाग्मती प्रदेशमा एमालेले सबै स्थानीय तहामा एकै दिन भदौ २७ गते प्रतिनिधि छनोट गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
देश संघीयतामा गएपछि पहिलोपटक एमालेले प्रदेश अधिवेशन गर्दैछ।लामो समय देखि एउटै नेता केन्द्रीय कमिटी को अधिवेशन, प्रदेश कमिटी , जिल्ला कमिटी वा विभिन्न अन्य पार्टीका कमिटीहरु र जनप्रतिनिधि समेत तिनै नेताहरू लागि मात्रै चाँहिने यदि आफू नपर्ने अवस्था भए नेताहरुले आफ्नो खल्तीको मान्छे वा परिवारको सदस्य सिफारिस गर्न अवस्था देखिएपछि , नयाँ कार्यकर्ता उत्पादन कसरी हुन्छ र पछिल्लो पिढीले अवसर कसरी पाउँछ ? भन्ने विषयलाई बहसको रुपमा श्रृजना गर्दै, अधिवेशनमा युवा नेताहरूले प्रतिनिधि बनेर जाने मनासय रहेको युवा नेता दिपक विक्रम देउजाले जानकारी दिए । हामीहरु प्रतिनिधि छनोटको निर्वाचन सहभागी हुन्छौं ,निर्वाचनमा विजय भए प्रतिनिधि भएर जाउँला पराजित भए पनि कुनै फिकर छैन तर सहमतिको नाममा नेताहरुले पेलेर जाने निर्णय लिनुभयो भने त्यसले राम्रो संदेश नदिनेर किचलो सुरुहुने बताए ।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले हरेक कमिटीमा युवाहरुको प्रतिनिधित्व सुनिस्चित गरे संगै युवाहरुले प्रतिनिधि छनौटमा आफ्नो उम्मेद्वारी दिनका लागि आन्तरिक तयारीलाई निकै तीव्र बनाएका छन भने उनीहरुले पुस्तान्तरण र सम्मानजनक प्रतिनिधित्वको मुद्दालाई पनि प्राथमिकताका साथ उठाएका छन।
विगतमा जस्तो एउटा कार्यक्रम स्थलमा कार्यकर्ताहरु भेला गर्ने तर प्रतिनिधित्वको छनौट भने बन्द कोठा भित्र सिमित नेताले गर्ने प्रचलनको अन्त्य गर्नुपर्ने भन्दै उनीहरुले खुल्ला प्रतिस्पर्धाबाट प्रतिनिधि छनौटको माग राख्दै उम्मेद्वारी दिने तयारी गरेका हुन्।
विगतमा गणेश प्रवृतिलाई प्रश्रय दिदै हनुमानहरु छान्ने प्रणालीले कमिटीहरु भद्दा र सिथिल बनेको निस्कर्ष सहित हरेक अधिवेसनमा आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता दिने पार्टीको निर्णय संगै उत्साहित बनेका मेलम्ची नगरपालिकाका युवा नेताहरु यस पटक हुने प्रदेशको प्रतिनिधि छनौटमा प्रभावशाली रुपमा प्रस्तुत हुने तयारीमा जुटेका छन ।