बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुले भोलि कालोपट्टी बाधेर विरोध जनाउने
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २१।
बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुले भोलि कालोपट्टी बाधेर विरोध जनाउने भएका छन। भाद्र २२ गते निजामती सेवा दिवसको अवसरमा कुनै पनु कार्यक्रम नगर्ने र सो दिवसमा कालोपट्टी बाधेर विरोध जनाउने कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत मार्फत ज्ञापन पत्र बुझाउदै बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुले विभिन्न ८ वटा मागहरु समेत राखेका छन। निजामती र स्थानीय तहका कर्मचारीहरु विच विभेद गरिएकोले सामान्य प्रसासन मन्त्रालयले भाद्र ४ गते गरेको पत्राचारलाई नमान्ने सो पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र :
तपाइँको प्रतिक्रिया ।