प्रदेस अधिवेसन प्रतिनिधिमा बुढानिलकण्ठका सम्भावित महिला उम्मेदवारहरु, को को छन ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २१।
असोज ८ र ९ गते हुने नेकपा एमाले बागमती प्रदेस कमिटीको प्रथम अधिवेसनका लागि प्रतिनिधि छनौटको तालिका सार्वजनिक भए संगै बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक माहोल निकै तातेको छ।
बुढानिलकण्ठ नगरपालिकाबाट छनौट हुने करिव १३ प्रतिनिधिका लागि स्थानीय नेता तथा कमिटीहरु आन्तरिक छलफल र तयारीमा जुटेका छन भने कतिपयले उम्मेद्वारी दिने घोषणा गरेर लबिङ्ग समेत शुरु गरेका छन।
भाद्र २७ गते प्रतिनिधि छनौटको कार्यक्रम तय गरिए संगै बुढानिलकण्ठ नगरपालिकाका महिला नेतृहरुले आन्तरिक तयारी थालेका छन।
को को छन सम्भावित उम्मेदवारहरु ?
१. रमादेवी राई
बुढानिलकण्ठ नगरपालिकाकी निवर्तमान उपप्रमुख रमादेवी राई बागमती प्रदेस अधिवेसनमा बुढानिलकण्ठ नगरपालिकाबाट प्रतिनिधिका लागि शसक्त दावेदारका रुपमा रहेकी छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ की सह संयोजक समेत रहेकी राई राजनीति संगै शिक्षा र सामाजिक विकासको क्षेत्रमा क्रियाशील रहदै आएकी छन।
२. सुमित्रा त्रिपाठी पाण्डे
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे पनि यस पटक हुने प्रदेस अधिवेसनमा प्रतिनिधिका लागि सम्भावित उम्मेदवारका रुपमा रहेको छन ।
२०७४ सालको निर्वाचनमा वडा नं ९ को सदस्य रहेकि पाण्डे राजनीति संगै अन्य विभिन्न क्षेत्रमा पनि क्रियाशील रहदै आएकी छन भने नगरपालिकाका विभिन्न समितीहरुमा रहेर काम गरेकी छन।
३.भगवती निरौला
अखिल नेपाल महिला संघमा रहेर क्रियाशील हुदै आएकी भगवती निरौला पनि बागमती प्रदेस अधिवेसनमा प्रतिनिधिका लागि सम्भावित उम्मेदवारका रुपमा रहेकी छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ११ मा सदस्य निर्वाचित बनेर न्यायिक समितीमा काम गरेको निरौला नेकपा एमालेका विभिन्न जिम्मेवारीमा समेत रहेकी छन ।
४.निर्मला खड्का
अखिल नेपाल महिला संघ बुढानिलकण्ठ नगर कमिटीकी पुर्व अध्यक्ष निर्मला खडका पनि बागमती प्रदेस अधिवेसनमा प्रतिनिधिका लागि सम्भावित उम्मेदवारका रुपमा रहेकी छन।
लामो समयदेखि बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहदै आएकी खड्काले नेकपा एमालेका विभिन्न कमिटीहरुमा रहेर कम गरिसकेकी छन ।
५.सरिता निरौला
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य सरिता निरौला पनि बागमती प्रदेस अधिवेसनमा प्रतिनिधिका लागि सम्भावित उम्मेदवारका रुपमा रहेकी छन।
अखिल नेपाल महिला संघका विभिन्न जिम्मेवारीहरुमा रहेर सक्रियता पूर्वका काम गरेकी निरौला शिक्षा क्षेत्रमा लामो समय देखि क्रियाशील रहदै आएकी छन।
६.सुशिला सिलवाल
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहिसकेकी सुशीला सिलवाल पनि बागमती प्रदेस अधिवेसनमा प्रतिनिधिका लागि सम्भावित उम्मेदवारका रुपमा रहेकी छन।
२०५४ सालमा जनप्रतिनिधि रहेकी सिलवालले नेकपा एमालेका प्रारम्भिक कमिटीहरु देखि नै जिम्मेवारी बहन गर्दै आएकी छन भने अखिल नेपाल महिला संघमा पनि लामो समय योगदान पुर्याएकी छन।