प्रदेस प्रतिनिधिमा बुढानिलकण्ठका युवाहरुले शशक्त दावी गर्ने,को को छन सम्भावित उम्मेदवारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
नेकपा एमाले बागमती प्रदेस कमिटीको प्रथम अधिवेसनमा बुढानिलकण्ठ नगरपालिकाका युवाहरुले प्रतिनिधि छनौटमा शशक्त दावी गर्ने तयारी थालेका छन।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले हरेक कमिटीमा युवाहरुको प्रतिनिधित्व सुनिस्चित गरे संगै बुढानिलकण्ठ नगरपालिकाका युवाहरुले प्रतिनिधि छनौटमा आफ्नो उम्मेद्वारी दिनका लागि आन्तरिक तयारीलाई निकै तीव्र बनाएका छन भने उनीहरुले पुस्तान्तरण र सम्मानजनक प्रतिनिधित्वको मुद्दालाई पनि प्राथमिकताका साथ उठाएका छन।
विगतमा जस्तो एउटा कार्यक्रम स्थलमा कार्यकर्ताहरु भेला गर्ने तर प्रतिनिधित्वको छनौट भने बन्द कोठा भित्र सिमित नेताले गर्ने प्रचलनको अन्त्य गर्नुपर्ने भन्दै उनीहरुले खुल्ला प्रतिस्पर्धाबाट प्रतिनिधि छनौटको माग राख्दै उम्मेद्वारी दिने तयारी गरेका हुन्।
विगतमा गणेश प्रवृतिलाई प्रश्रय दिदै हनुमानहरु छान्ने प्रणालीले कमिटीहरु भद्दा र सिथिल बनेको निस्कर्ष सहित हरेक अधिवेसनमा आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता दिने पार्टीको निर्णय संगै उत्साहित बनेका बुढानिलकण्ठ नगरपालिकाका युवा नेताहरु यस पटक हुने प्रदेसको प्रतिनिधि छनौटमा प्रभावशाली रुपमा प्रस्तुत हुने तयारीमा जुटेका छन ।
को को छन सम्भावित उम्मेदवारहरु ?
असोज ८ र ९ गते हुने प्रदेस अधिवेसनका लागि भाद्र २७ गते प्रतिनिधि छनौटको कार्यक्रम रहेको छ। बुढानिलकण्ठ नगरपालिकामा यस पटक प्रजातान्त्रिक प्रणालीलाई आत्मसाथ गर्दै प्रतिनिधि छनौट गर्ने तयारी गरिए संगै युवा नेताहरुले आन्तरिक तयारी थालेका छन।
१. नवराज भट्टराई
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई यस पटक हुने प्रदेस अधिवेसनमा प्रतिनिधिको शशक्त दावेदारका रुपमा रहेका छन।
युवाहरुको प्रतिनिधित्व गर्दै बागमती प्रदेस कमिटीको सदस्य बन्ने प्रवल सम्भावना बोकेका भट्टराईले पछिल्लो समय विषय परिस्थिति सामना गरेर भएपनि जनताको पक्षमा उभिने जनप्रतिनिधिको पहिचान बनाएका छन।
दुई पटक निर्वाचित वडा अध्यक्ष र नगर प्रवक्ताको भूमिका निर्वाह गरिरहेका भट्टराई प्रतिनिधि निर्वाचित भएमा तालि बजाउने मात्र नभई कमिटी मै पर्न सक्ने नेता युवा हुन्।
२. टिका नारायण श्रेष्ठ ( टिकेस )
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेस ) पनि यस पटक बागमती प्रदेस अधिवेसनमा प्रतिनिधिका लागि सम्भावित उम्मेदवारका रुपमा रहेका छन।
नेकपा एमाले बुढानिलकण्ठ -१३ कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठलाई पनि प्रतिनिधि निर्वाचित भएको अवस्थामा प्रदेस कमिटीमा युवाहरुको प्रतिनिधित्व गर्दै सदस्य बन्ने अवसर रहेको छ।
लामो समयदेखि युवा संघका विभिन्न जिम्मेवारीमा रहेर केन्द्रीय सदस्य समेत बनेका श्रेष्ठ राजनीतिक संगै सामाजिक र रचनात्मक अभियानमा सक्रिय रहेका छन ।
३.दिलिप थिङ्ग
रास्ट्रीय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य दिलिप थिङ्ग पनि यस बागमती प्रदेस अधिवेसनमा प्रतिनिधि छनौटको निर्वाचनमा सम्भावित उम्मेदवारका रुपमा रहेका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ९ कमिटीका अध्यक्ष समेत रहेका थिङ्ग पनि प्रदेस कमिटी सदस्य बन्ने सम्भावना रहेका युवा नेता हुन् ।
युवा संघको आन्दोलनमा निरन्तर रुपमा लामो समय देखि सक्रिय रहेका उनले राजनीतिक संगै सामाजिक युवा आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका छन ।
४. निश्चल अधिकारी
रास्ट्रीय युवा संघ नेपाल काठमाण्डौ जिल्ला कमिटीका सदस्य निश्चल अधिकारी पनि यस पटक बागमती प्रदेस अधिवेसनका लागि हुने प्रतिनिधि छनौटको निर्वाचनका सम्भावित उम्मेदवारका रुपमा रहेका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ८ कमिटीका उपाध्यक्ष समेत रहेका अधिकारी राजनीतिक र सामाजिक गतिविधिमा निरन्तर लाग्ने सक्रिय युवाका रुपमा परिचित रहेका छन ।
५.विष्णु भट्टराई (काका )
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीका सचिव विष्णु भट्टराई (काका) पनि बागमती प्रदेस अधिवेसनमा प्रतिनिधिका लागि सम्भावित उम्मेदवारका रुपमा रहेका छन।
पार्टी भित्र बैचारीक र शैदान्तिक बहसलाई अगाडी बढाउने कामको नेतृत्व गरेका भट्टराईले वडा नं १२ सधै राजनीतिक अभिभावक बिहिन हुनु परेको र त्यसलाई यस पटक चिर्ने भन्दै उम्मेद्वारी दिने तयारी गरेका छन ।
६. हेब्सिवा तामाङ
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा दुई पटक निर्वाचित सदस्य हेब्सिवा तामाङ पनि यस पटक युवाहरुको प्रतिनिधित्व गर्दै प्रदेस अधिवेसन प्रतिनिधिका लागि निर्वाचन लडन सक्ने सम्भावित उम्मेदवारका रुपमा रहेकी छन ।
रास्ट्रीय युवा संघ नगर कमिटी सचिव समेत रहेकी तामाङ राजनीति संगै सामाजिक ,सांस्कृतिक र पर्यटन प्रवर्धनको अभियानमा लामो समय देखि सक्रिय रहदै आएकी छन । युवा जनजाती महिला रहेकोले प्रतिनिधि भएको खण्डमा उनको प्रदेस कमिटी बन्ने सम्भावना प्रवल रहेको चर्चा समेत नेकपा एमाले बुनपामा चलेको छ।