बागमती प्रदेस प्रतिनिधिमा उम्मेद्वारी दिने केदारराज पुडासैनीको तयारी …..
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
नेकपा एमाले बागमती प्रदेस कमिटिको प्रथम अधिवेसनका लागि हुने प्रतिनिधि छनौटमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का केदारराज पुडासैनीले प्रतिनिधिमा उम्मेद्वारी दिने तयारीलाई तीव्र बनाएका छन।
२०७९ को निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन परिचालन कमिटीका सह संयोजक रहेका पुडासैनीले असोज ८ र ९ गते हुने प्रदेस अधिवेसनकामा प्रतिनिधि बन्नका लागि आन्तरिक तयारी र परामर्शलाई तीव्रता दिएका हुन्।
२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमालेको प्यानल नै विजयी बनाउनका लागि निर्णायक भूमिका खेलेका पुडासैनी २०५० को दशक देखि नै तत्कालिन काठमाण्डौ क्षेत्र नं १ ,२ हुदै बनेको क्षेत्र नं ४ मा विभिन्न भूमिकामा सक्रिय रहदै आएका छन।
नेकपा एमाले ओखलढुंगा -काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष हुदै केन्द्रीय सम्पर्क समन्वय कमिटीको सचिवालय सदस्य रहिसकेका उनले काठमाण्डौ क्षेत्र नं ४ को भूगोलबाट प्रतिनिधिमा दावी गर्न लागेका छन।
नेकपा एमालेको संगठन विस्तार र चुनावी मोर्चामा पद र ओहोदा नहेरी पार्टीको काममा निरन्तर लाग्ने छवी बनाएका पुडासैनीले काठमाण्डौ क्षेत्र नं ४ मा बुद्दिजीवी सहयोग समितीको अध्यक्षका रुपमा समेत योगदान पुर्याएका छन भने २०७९ मा विषम भनेर विस्लेषण गरिएको वडा नं १२ मा नेकपा एमालेलाई प्यानल नै विजयी बनाएर पार्टी जीवनमा चर्चा समेत कमाएका छन।
कपन बहुमुखी क्याम्पसका संस्थापक सदस्य रहेका उनि बाल कुमारी मावी ,बुनपा -१२ का व्यवस्थापन समिती अध्यक्ष रहेका छन भने वडा नं १० को बाल उद्दार मावीमा पनि व्यवस्थापन समिती सदस्यका रुपमा काम गरिसकेका छन।
साविक कपन गाविस र बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक , सामाजिक र शैक्षिक विकासमा निरन्तर सक्रिय रहदै पार्टी विभाजन ,विभिन्न आरोह अवरोह र विषम परिस्थितिमा दरिलो रुपमा संस्थापन पक्षमा उभिने लडाकु नेताको पहिचान बनाएका पुडासैनीको उम्मेद्वारीले नेकपा एमाले बुढानिलकण्ठको राजनीतिमा तरंग पैदा गरेको चर्चा समेत हुने गरेको छ।
त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (PHD) गरिरहेका पुडासैनी पुष्पलाल मेमोरियल मावी /कलेजका संस्थापक समेत हुन्।