तेस्रो उपत्यका व्यापी गोल्डेन पिक तीज नृत्य प्रतियोगिता हुने

तेस्रो उपत्यका व्यापी गोल्डेन पिक तीज नृत्य प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

संस्कृति, पर्व, कला र सम्पदा मानव सभ्यता हेर्ने ऐना हुन् भन्ने   मूल्यलाई जीवन्त राख्न “तेस्रो उपत्यका व्यापी गोल्डेन पिक अन्तर विद्यालयीय तीज नृत्य प्रतियोगिता”  भाद्र २० गते कृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिने भएको छ ।

नेपाली कला संस्कृतिलाई मौलिक रुपमा राख्न र आगामी पुस्ताहरुलाई आफ्नो कला संस्कृतिको जगेर्ना गर्न साथै उक्तपर्व तथा संस्कृतिका नाममा भएका विकृतिहरु, कुरीति र कुसंस्कारलाई फाल्न सो  कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली मौलिक पर्वहरुको साँस्कृतिक महत्वको अवगत गराउन र बालिकाहरुमा भएको प्रतिभा प्रष्फुटन गर्न यस्ता प्लेटफर्महरुले ठूलो सहयोग गर्ने र  यसबाट विद्यालय विद्यालय बिचमा साझेदारीको भावना जागृत गर्ने उद्देश्य आयोजकले  लिएको छ ।

धर्म, संस्कृति, परम्परा, चाडहरुको सकारात्मक पक्षहरुलाई बालबालिका सम्म पुर्याउदै  संस्कार, परम्परा, संस्कृतिको बारेमाअहिले जानकारी गराउने सो प्रतियोगितमा ३० विद्यालयका करिव ५०० विद्यार्थी सहभागी हुनेछन।

 

तपाइँको प्रतिक्रिया ।