नेकपा एमाले बागमती प्रदेस प्रतिनिधि छनौट भाद्र २७ गते,के गर्लान बुनपाका यी नेताहरु ?
कपन अनलाइन
काठमाडौँ, भाद्र १३ ।
नेकपा एमाले बागमती प्रदेस कमिटीक प्रथम अधिवेसनका लागि भाद्र २७ गते प्रतिनिधि छनौट हुने भएको छ। बागमती प्रदेस कमिटी अन्तर्गत रहेका १३ जिल्लाका ११९ पालिकाबाट सो प्रदेस अधिवेसनका लागि प्रतिनिधि छनौट हुनेछन।
बागमती प्रदेस कमिटीले प्रथम अधिवेसनका लागि १२५ संगठित सदस्य बराबर एक प्रतिनिधि छनौट गर्ने निर्णय गरे संगै अहिले आन्तरिक राजनीतिक माहोल निकै तातेको छ।
प्रथम प्रदेस अधिवेसनको मिति घोषणा भए संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा पनि प्रतिनिधि को बन्ने ? भन्ने बारेमा चर्चा परिचर्चा शुरु भएको छ।
करिव १५ सय संगठित सदस्य रहेको बुढानिलकण्ठ नगरपालिकामा दुई निर्वाचन क्षेत्र रहेका छन भने हाल यस नगरपालिकाबाट चार जनाले प्रदेस कमिटीमा प्रतिनिधित्व गरिरहेका छन।
हाल नेकपा एमाले बागमती प्रदेस कमिटीको सदस्यमा बुढानिलकण्ठ नगरपालिकाका पुर्व प्रमुख उद्दव खरेल, वर्तमान प्रमुख मिठाराम अधिकारी , सुकुलाल सुनार ( संगम गहतराज ) र नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेस गरेका मुरारी भण्डारी रहेका छन।
हाल प्रस्तुत गरिएको सदस्य शंख्या अनुपातका आधारमा बुढानिलकण्ठ नगरपालिकाबाट करिव १२ जना प्रतिनिधि छनौट हुने सम्भावना देखिएको छ जसमा ३३ प्रतिसत महिला प्रतिनिधित्व रहनेछ भने बाकी खुल्ला हुनेछ।
प्रथम पटक हुन् लागेको प्रदेसको अधिवेसनमा बुढानिलकण्ठ नगरपालिकाबाट अहिले धेरै आकांक्षी देखिएपनि बाहिर खुल्ला रुपमा भने कसैले पनि घोषणा भने गरेका छैनन।