कपनमा बालेनले पार्टीका नेताहरुको इजार खोल्दिए,करोडौ भ्रस्टाचारको छानविन होस : राजु श्रेष्ठ

कपनमा बालेनले पार्टीका नेताहरुको इजार खोल्दिए,करोडौ भ्रस्टाचारको छानविन होस : राजु श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ , भाद्र ३ ।

नेपाली कांग्रेस बागमती प्रदेसका महामन्त्री राजु श्रेष्ठले कपनमा काठमाण्डौ महानगरपालिकाले खोला खोलेको हैन स्थनीय नेताहरुको सुरुवालको इजार खोलेको टिप्पणी  गरेका छन।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सभापति समेत रहेका श्रेष्ठले एक कार्यक्रममा बोल्दै दुई दिन बालेनले कपनमा डोजर चलाएर खोला खोल्दा सबै स्थानीय नेताहरुको सुरुवालको इजार खोले जस्तो भएको भन्दै कटाक्ष गरेका छन।

हामि राजनीति गर्छौ र समाज प्रति उत्तरदायी छौ भनेर कसरि भन्ने ? भन्दै प्रश्न गरेका श्रेष्ठले चार पटक क्षेत्रको प्रतिनिधित्व गरेका प्रतिनिधि सभा सदस्य र हाल रहेका प्रदेस सभा सदस्यहरु सहित नेताहरु कतै देखा नपर्नु दुखद भएको बताएका छन।

सो क्षेत्रमा डुवान नियन्त्रण र अन्य योजना भन्दै करोडौ खर्च भएको तर अहिले खन्दा दुई वटा मात्र ढल निस्केको भन्दै उनले त्यहा भ्रस्टाचार भएको आशंका गर्न सकिने धेरै आधारहरु पनि रहेको धारणा राखेका छन।

सो क्षेत्रमा काठमाण्डौ महानगरपालिका वडा नं ६ का अध्यक्ष भुवन लामा र बुढानिलकण्ठ नगरपालिका वडा नम १० का अध्यक्ष नवराज भट्टराईमात्र मैदानमा लडेको तर अरु जनप्रतिनिधिहरु विशेष सांसदहरु कतै नदेखिनु दुखद रहेको बताउदै महामन्त्री श्रेष्ठले त्यहा भएको भ्रस्टाचारको निस्पक्ष छानविन हुनुपर्ने धारणा राखेका छन।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ (२ ) को प्रदेस सम्मेलनमा बोल्दै महामन्त्री श्रेष्ठले कपन क्षेत्रको घटनाले राजनीतिक दल र नेताहरुलाई मुख देखाएर हिड्न समेत असजिलो पर्ने बताउदै करोडौ रकमको हिशाव किताव सार्वजनिक रुपमा खोज्नुपर्ने र त्यसका लागि लाग्ने धारणा व्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।