बुढानिलकण्ठ नगरपालिकाले बजार अनुगमन तीव्र बनायो,वडा नं १२ मा नगरको टोली
कपन अनलाइन
काठमाण्डौ ,साउन ३१ ।
बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ।
अनुगमन समितिले बजारमा भेटिएका सढेगलेका तथा म्याद गुज्रेका सामान जफत गरेको छ भने दर्ता नगरेका र नविकरण नभएका व्यवसायहरुलाई आवश्यक प्रक्रिया पुरा गर्न १ हफ्ताको समय दिएको छ । साथै सरसफाई र बजार व्यवस्थापनका मापदण्डहरु पालना गर्न अनुरोध गरिएको छ ।
अनुमगनमा संयोजक एवं उपप्रमुख अनिता लामा सहित, वडा नं १२ अध्यक्ष शम्भु भट्टराई, वडा नं १३ सदस्य एवं सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी , वडा सदस्य मिना वयलकोटि, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, अनुगमन समिति सदस्य सचिव अच्युत खड्का, प्रशासन अधिकृत राजकुमार खड्का, राजस्व अधिकृत सञ्जय ढुङ्गाना, पशु सेवा शाखा प्रमुख काजि बहादुर श्रेष्ठ, कृषी शाखा प्राविधिक रुपा सोधुङ, पशु शाखा अधिकृत ओम प्रसाद वाग्ले लगयात नेपाल प्रहरी, नगर प्रहरीको उपस्थिति रहेको थियो ।