पुतलीडाँडा सामुदायिक बन बुढानिलकण्ठ -१३ मा नमुना वृक्षारोपण

कपन अनलाइन

काठमाडौं साउन १४ । “ रोपेर मात्र हुदैन संरक्षण पनि गर्नुपर्छ, उपयुक्त भूगोलमा उपयोगी बिरुवा रोपौ भन्ने मुल नाराको साथमा  बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित  पुतलीडाँडा सामुदायिक बनमा नमुना वृक्षारोपण गरिएको छ।  शनिबार डिभिजन बन कार्यालय जगडोल पुतलीडाँडा सामुदायिक बन र सुगम वेलफेयर सोसाइटीको आयोजना तथा सुगम सहकारी संगै गाम्चा युथ क्लब संगको सहकार्यमा  तारवार सहितको नमुना फलफुलका बिरुवा वृक्षारोपण गरिएको हो ।

कागती, अम्बा,अमला नासपाती तेजपात अर्जुन वाणजस्ता बिरुवा करिब २०० वटा रोपिएको सुगम वेलफेयर सोसाइटीका अध्यक्ष श्यामराजा गौतम (एशराज)ले कपन अनलाइनलाइ जानकारी गराए ।उक्त कार्यक्रममा  पूर्व बागमती प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का वडा अध्यक्ष टिका नारायण श्रेष्ठ बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी   सुगम वेलफेयर सोसाइटीका अध्यक्ष श्यामराजा गौतम (एशराज),

शिवपुरी खानेपानी  तथा संरक्षण उपभोक्ता समितिका अध्यक्ष अंगुर पौडेल, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल ,जनजागृति माविका प्रधानाध्यापक राम भक्त गौतम,सुगम साकोसका अध्यक्ष सुमन थापा सहित आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।बिरुवा रोपेको ५ वर्ष सम्म गोडमेल, प्रतिस्थापन,मर्मत सम्भारको जिम्मा सुगम वेलफेयर सोसाइटीले गर्ने  प्रतिबद्दता जनाएको ।

 

तपाइँको प्रतिक्रिया ।