कपन रेडक्रस भवनमा तालावन्दी,भवन प्रयोगमा आउनुपर्ने स्थानियको माग

कपन रेडक्रस भवनमा तालावन्दी,भवन प्रयोगमा आउनुपर्ने स्थानियको माग

कपन अनलाइन

काठमाण्डौ ,साउन १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको कपन रेडक्रस उपशाखाको भवनमा तालावन्दी भएको छ। कपन रेड क्रसको भवन कार्यालय प्रयोजन संगै अन्य प्रयोजनमा पनि उपयोग हुनुपर्ने भन्दै उपशाखाकै केहि सदस्य सहित स्थानीयहरुले तालावन्दी गरेका हुन्।

साउन १३ गते बिहान वडा नं १२ उशु क्वान संगै रहेको कपन रेड क्रस उपशाखाको कार्यालयमा पुगेका स्थानीय टोल सुधार समिति र उपशाखाकै केहो सदस्यहरुले भवनमा तालावन्दी गरेका थिए।

सो स्थानमा निर्माण भएको रेडक्रस भवनको तल्लो तल्लामा वडा नं १२ ले शहरी स्वास्थ्य केन्द्र संचालन गर्नका लागि स्थान माग गरे संगै अगाडी बढेको छलफल निस्कर्षमा नपुग्दा तालावन्दी गर्नुपर्ने स्थानीयले बताएका छन।

उक्त तालावन्दी कार्यक्रममा स्थानीय शिवनगर टोल सुधार समिति , लाली गुराँस टोल सुधार समितिका सदस्य तथा पदाधिकारी सहित स्थानीयवासीहरुको सहभागिता रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।