बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटारका एक युवाको करेन्ट लागेर मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,असार ३० ।
बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।