गुरू : गंगा लिगल (कविता )

गुरू : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २३।

गुरू गुरू नै हुन्
मान्छे मान्छे हुनु पर्छ
यस्को लागिपनि हामीले
सिक्नु पर्छ
गुरू गुरू नै हुन् ।

गुरू बिनाको शिक्षा
जर्जर र ख्याउटे हुन्छ
आफै  जान्ने सुन्ने नबनौं
गुरूको थापना गरौ  ।

ज्ञानको मुहानमा स्नान गरौ
एकलव्य त्यसै त्यागी भएनन्
अर्जुन त्यसै धनु धारी भएनन्
पाण्डु त्यसै ज्ञानी भएनन् ।

दुर्योधनको घमण्ड
देखि हाल्यौ
गुरुको शिक्षालाई
शब्द बाणले उछिन्ने

शकुनिको पैचाशिक मकुण्डो
कुलको कलंक बनेर पतनको
बाटो लाग्नु ।

धर्मनिष्ठ युधिस्ठिरको बोलीमा
जन्मको कर्म थियो
प्रत्येक स्वासमा स्वस्थ मान्छे बन्ने
दृढता थियो ।

कर्तब्यको ओडापत्रमा
प्रल्हाद कसी बनी उत्रिए
अहिम्साको पराकाष्ठामा
बुद्ध महान ज्ञानी बने ।

सुदामाको पबित्रहृदयले
मित्रताको मूल्य निख्रियो
रामको आदर्शताले
पुरुषोत्तमको उपाधि भेटियो ।

आदर्श नारीको भुमिकामा
सीतामाता
अत्यन्तै
खरो उत्रिन ।

रावणको अहंकारी आगोले
आफै नै पोलियो
गुरुलाई तृण बराबर नमान्ने
कंश र रावणको

तान्डव नृत्यलाई
धरासायी गर्न
राम अनिकृष्ण जन्मे ।

तसर्थ गुरू गुरू नै हुन्
गुरुको थापना गरी
स्वस्थ पवित्र ज्ञान आर्जन गरी
जीवन सफलीभुत पारौं ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।