गजल : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
यो लेखनी उज्यालो आधार हो
यो मेरो चम्किलो हतियार हो ।
यो सदा प्रकाशतिर नै जान्छ
यो मेरो रमाइलो आचार हो ।
यो त पथ प्रदर्शक बन्दछ
यो मेरो दियालोको साभार हो ।
जीवन अति संकटमय छ
यो टार्ने विश्वासिलो प्रसार हो ।
यसेले भबिष्य संकेत गर्दछ
यो मेरो सुनौलो संसार हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।