बालेनविरुद्ध फुटपाथ व्यसायी सडकमा उत्रिँदै,प्रतिकारकालागि २०३ सदस्यीय युवा टिम तयार
कपन अनलाइन
काठमाण्डौ ,असार ११।
उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलनगर्ने घोषणा गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै उनीहरुले महानगरले हालसम्मपनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।
काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा झुटो मेयर भएको उनीहरुको आरोप छ । बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपतिवर्गको सेवा र सामान्तवादीहरुको पक्षपोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ । आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन् । आफूहरुमामाग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी छ । बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीड दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिकदलको कार्यालयमा प्रेश विज्ञप्ति सहित छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ/संस्थाहरुमा अन्तरक्रियाकार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणा समेत गरेको छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका सहसचिव राजु गिरीलेबालेन पर्दा पछाडिको हिरामात्रै बनेको र फुटपाथ व्यवसायीलाई दुःखदिनेर वर्षौंदेखि नागरिक बस्दै आएको घरहरु भत्काउने कामभन्दा केहीनगरको आरोप लगाए । बालेन आफू सर्वैसर्व हुँभनेर लागिरहेको उनको आरोप छ ।
‘हामीले पटक–पटक आन्दोलन र वार्तामार्फत धेरै चोटी कार्यक्रमगर्यौं । महानगरपालिकाले हामीलाई झुटा आस्वाशन मात्रै देखायो । बालेनजी मेयर जितेर आउनु भयो, म चाहिँ सर्वैसर्व हो भनेर उहाँपर्दा पछाडिको हिरो बन्दै हुनुहुन्छ,’– उनले भने ।
महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ । अबआफूहरु महानगरको दमन विरुद्ध प्रतिकारमा उत्रिने समेत उनले घोषणा गरे । महानगरका प्रहरीले उठाएर लगेको सामन के गरिन्छ भन्ने वास्तविकता पनिबाहिर आउनुपर्ने उनले बताए ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लिलादाहालले आफूहरु पनि नेपाली नागरिक भएकाले यहाँ केही गरेर खाने र बाँच्ने अधिकार भएको बताए । आफूहरुको पेशाव्यवसायको संरक्षणका लागि राज्यले अहिलेसम्म कुनै नीति नै नबनाएको उनको गुनासो छ । फुटपाथ व्यवसायीहरुले विभिन्न चरणमा महानगरमा ज्ञापन पत्रबुझाउ र वार्ताकालागि जाँदाकुनै सुनुवाई नभएको उनले बताए । बालेनले फुटपाथका व्यापारीलाई व्यवस्थापनगर्ने विषयमा बेलैमा नसोचेमाआफूहरु कडा प्रतिकारमा उत्रिने उनले उद्घोष गरे ।
‘तपाईँ अब यो समस्यालाई कसरी समाधानगर्नुहुन्छ ?त्यतातिर जानुुस् । यदिजानुभएनभने तपाईँका पछाडि अबगम्भीर चुनौतिहरु आउने छन् । हामीचुपलागेर बस्ने छैनौं । हिजो जसरी सुकुम्बासी उठाउन जानुभयो नि त्योभन्दापनि कडा प्रतिकारमाहामीउत्रिने छौं ।’ उनले थपे,‘त्यो सुकुम्बासीले गरेको त एउटा कास्टिङमात्रै हो, यहाँ लाखौंलाख व्यवसायी हामी उत्रिनुपर्यो भने बालेनजीहिजो इन्डियाबाट आएकाहौ कि कताबाट आएका हौ,उतै जानुपर्छ ।’
बालेनले फुटपाथ व्यवसायीलाई विकल्प दिन्छु भनेर आफ्नो घोषणापत्रमै उल्लेख गरेको उनले बताए । उनले आजती घोषणापत्र कहाँ पुग्यो ?भनेर प्रश्न गरेका छन् । मेयर शाहले हेमराज तामाङ, इन्द्रबहादुर राईजस्ता ठूला मान्छेहरुको महलमा चाहीँ डोजर चलाउन नसकेको उनको आरोप छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका ईन्चार्ज केशव आछामीले सरकारले उचित व्यवस्थापन नगर्दा फुटपाथ व्यवसायीले २१ वर्षदेखि पीडा झेलिरहेको बताए । २१ वर्षदेखि राष्ट्रिय स्वरोजगार व्यवसायी संघको झण्ड मुनी राखेर आफूहरुले आन्दोलनगर्दै राज्यसँग माग राख्दा आफ्ना मागहरुको सम्बोधन नगरेको आरोप लगाए । विहान बेलुका २ घण्टा फुटपाथमा बसेर साग बेचेर बालबच्चा पाल्छौं र शिक्षा दिन्छौं भन्दापनि राज्यले विकल्प दिननसकेको भन्दै उनले दुखेसो पोखे । आफूहरुले महानगरसँग पटक–पटक वार्ता र छलफल गरेर समस्याको समाधान चाहेपनि यस विषयमा मेयर बालेन गम्भीर नबनेको उनको आरोप छ ।
‘हामीलाई सडक पेटीमा व्यवसाय गरेर विहान बेलुका गुजारा गर्ने व्यवसायीहरुलाई एउटा समय मिलाइदिनुस् । हाम्रो त्यत्ति अनुरोध हो तपाईँसँग, ठूलो अपेक्षा छैन । हामीलाई जागिर दिनुस् भनेको होइन, व्यवस्थापन गर्दिनुस् । हामीलाई सडकमै व्यवस्थापन गर्न दिनुस् भनेको पनिहोइन, व्यवसायगर्ने थलो देखाइदिनुस्,’– उनले काठमाडौं महानगरका मेयरसमक्ष आग्रह गरे ।
एक हप्ताभित्र यस विषयमा सरकारले सरकार र काठमाडौं महानगर सकारात्मक भएर विकल्प नदिएको खण्डमा हजारौं व्यवसायीले काठमाडौं महानगरविरुद्ध संघर्ष गर्ने उनको चेतावनी छ । संघर्षको कार्यक्रममा उपस्थित् हुनकालागि उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे । संघर्षमा बलिदान दिनकालागि पनि तयार हुनुपर्ने उनले बताए ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारकालागि २ सय तीन सदस्यीययुवा टिम तयार भइसकेको बताए ।
‘हामी व्यवसायीको तर्फबाट युवाफोर्स तयार भइसकेको छ । संयोजक म आफैं छु । दुई सय तीनजनको टिम हामीले गठन गरेका छौं । स्वयमसेवकहरुले अब व्यवसायीहरुका बीचबाट महानगरले लगेको सामान निगरानीगर्ने र महानगरले धरपकड गरेकै ठाउँमा खोसिनेछ,’– उनले भने ।
उद्योग व्यापार सहकार्य महासंघका केन्द्रीय संयोजक कृष्णबल्लभ नेपालले नागरिकले कामगर्ने र गरिखाने वातावरण सिर्जना गर्नपर्ने बताए । गरिखान देउ भनेर पनि लड्न पर्ने दिनआएको भन्दै उनले दुखेसो पोखे ।
आफूहरुले लुकेर, छिपेर, चोर जसरी व्यापार गर्नुपरेको उनको भनाई छ । आफूहरुको पेशाव्यवसायलाई व्यवस्थित गरेर कर उठाउने वातावरण निर्माण गर्नपनिउनले महानगरलाई आग्रह गरे । गरिब वर्गलाई पिल्साएर राज्य समृद्ध बन्ननसक्ने उनको भनाई छ । विदेशका ठूला–ठूला सहरहरुमापनि फुटपाथ व्यवसाय रहेको उल्लेख गर्दै उनले आफैं स्वरोजगार बनेको सानाव्यवसायीलाई गरिखाने वातावरण दिनआग्रह गरे ।
उपत्यका विशेषप्रदेश अन्तर्गत उद्यमी व्यवसायी महाशाखाका अध्यक्षअमीर गुरुङले फुटपाथ व्यसायीआगोको झिल्को भएको बताए । उनले मेयर बालेनलाई आगोको झिल्कोसँग नखेल्नसमेत आग्रह गरे ।

तपाइँको प्रतिक्रिया ।