गोकर्णेश्वर नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाइ हाते ट्रयाक्टर प्रदान

 गोकर्णेश्वर नगरपालिका द्वारा  ५० प्रतिशत अनुदानमा कृषकहरुलाइ हाते ट्रयाक्टर प्रदान

कपन अनलाइन

काठमाडौं असार ७  गोकर्णेश्वर नगरपालिकाले कृषकलाइ हाते ट्रयाक्टर प्रदान गरेको छ। परम्परागत कृषि पेशालाई  व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन ५० प्रतिशत अनुदानमा  कृषकलाई  हाते ट्रयाक्टर प्रदान गरेको हो नगरपालिकामा एक कार्यक्रमका बीच नगर प्रमुख दिपक कुमार रिसालले हाते ट्रयाक्टर प्रदान गरेका हुन बिभिन्न वडाका कृषकहरुलाइ ४५ वटा हाते ट्रयाक्टर प्रदान गरिएको नगरपालिकाले जनाएको छ उक्त कार्यक्रममा उप प्रमुख सान्नानी लामा, नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल लगायत जनप्रतिनिधि र कृषकहरुको उपस्थिति रहेको थियो।

श्रम  र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । गोकर्णेश्वर  नगरपालिकाले  कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा कृषि शाखा मार्फत हाते ट्याक्टर बितरण गरेको उपप्रमुख    सान्नानी लामाले  जानकारी गराइन । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन ।

किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण गरेको र   कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइहेको नगर प्रमुख दिपक कुमार रिसलले जानकारी गराएका छन ।  कृषिमा उन्नत प्रविधिमार्फत् श्रम र लागत घटाइ उत्पादन बढाउन समय र कृषकको मागअनुसार  हातेट्याक्टर वितरण गरेको  नगरपालिकाको कृषि शाखाले   जनाएको छ।

तपाइँको प्रतिक्रिया ।