श्री बौद्धनाथ क्षेत्र विकास समिति द्वारा कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाई साउण्ड सिष्टम तथा माइक हस्तान्तरण

श्री बौद्धनाथ क्षेत्र विकास समिति द्वारा कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाई  साउण्ड सिष्टम तथा माइक हस्तान्तरण

कपन अनलाइन

काठमाडौं, असार ४  ।  काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल पानी ट्यांकी स्थित कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाई आवश्यक  स्पिकर, साउण्ड सिष्टम तथा माइक हस्तान्तरण गरिएको छ । श्री  बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाइ  भजन तथा अन्य कार्यक्रम प्रयोजनार्थ करिब १ लाख ४० हजार रुपैया बराबरको   आवश्यक स्पिकर, साउण्ड सिष्टम तथा माइक हस्तान्तरण गरिएको हो ।

आइतबार  बिहान  एक कार्यक्रमका बीच प्रमुख अतिथि  श्री  बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिका अध्यक्ष बिशाल कुमार न्यौपानेलाइ सामाग्री  हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा श्री  बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ, समितिका सदस्यहरु पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, इन्जिनियर रमेश धिमाल,   तारा सदन स्कुलका प्रिन्सिपल रमेश गुरुङ, गंगेश्वर शिव पान्चायन मन्दिरका अध्यक्ष डा. रमेश न्यौपाने , कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिका  पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

 कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिका सहसचिब सुरज कुमार ढुंगानाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको उक्त कार्यक्रममा तारा सदन स्कुलका प्रिन्सिपल रमेश गुरुङ गंगेश्वर शिव पान्चायन मन्दिरका अध्यक्ष डा. रमेश न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि श्री बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बौद्धनाथ क्षेत्र भित्र रहेका सम्पूर्ण प्राचिन स्मारकहरु संरक्षण संवर्द्धन र प्रवर्द्धन गर्ने र त्यसको अभिलेख राख्ने काम  गर्दै आएको बताए ।

उनले कुमारी माताको मन्दिरमा  कुमारीको मुर्ति  स्थापनाको लागि समेत क्षेत्र विकास समितिले सहयोग गर्ने बताएका थिए ।उक्त मन्दिरमा रहेको मुर्ति धेरै पहिला नै चोरी भएको हुँदा कुमारीको मुर्ति कस्तो थियो अग्रजहरु संग सल्लाह गरि उस्तै किसिमको मुर्ति स्थापना गर्नको लागि पनि पहल गर्ने श्री बौद्धनाथ क्षेत्र विकास समितिका  अध्यक्ष राजकुमार  लामाले बताए ।

 उनले बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको  जानकारी गराए । उनले  विकास निर्माण संगै   युवा तथा महिलाहरुको शिप बिकासका साथै  शिक्षा स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रमहरु समेत  गर्दै आइरहेको  बताए  । बौद्धनाथ क्षेत्र विकास समितिमा बिभिन्न राजनीतिक दल बाट प्रतिनिधित्व गर्ने सदस्य भए पनि  कुनै  राजनीतिक पुर्वाग्रह नराखी आफ्नो जिम्मेवारी पुरा गर्ने भन्दै  विकासका काम देखाउने गरि अघि बढाउने बताए ।

 उनले महांकालको इतिहासलाई जोगाउन महांकाल भैरब मन्दिर जीर्णोद्धार संगै मन्दिर नजिक महांकाल भैरवको ठुलो  प्रतिमा स्थापना गर्ने योजना रहेको  जानकारी दिदै उक्त कार्यले महांकालको इतिहासलाई जोगाउन सहयोग पुग्ने बिश्वास समेत ब्यक्त गरेका थिए ।क्षेत्र विकास समितिले  महिला सशक्तीकरणको लागि बिभिन्न तालिम लगायतका  कार्यक्रम गर्दै आएको जानकारी दिदै उक्त तालिम तथा कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउन पनि अनुरोध गरेका थिए ।

 क्षेत्र बिकास समितिले विकास निर्माण संगै  युवा तथा महिलाहरुको शिप बिकासका साथै  शिक्षा स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रमहरु समेत  गर्दै आइरहेको  बताउदै काठमाडौं महानगरपालिका वडा नं ६ भित्र रहेका आर्थिक स्थिति कमजोर भएका ज्येष्ठ दीर्घ रोगी तथा अशक्त बिरामीहरुको तथ्याकं संकलनको लागि स्वास्थ्यकर्मी बिज्ञ सहित बिद्यार्थीको समूहले सर्वेक्षण कार्य अघि बढाएको उनले जानकारी गराएका थिए  ।उनले कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाई प्रदान गरिएको सामग्रीको उचित प्रयोग र संरक्षण हुनेमा बिश्वास गर्दै आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने बताएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिका अध्यक्ष बिशाल कुमार न्यौपानेले  सहयोगको लागि श्री बौद्ध नाथ क्षेत्र विकास समितिलाई धन्यवाद सहित  आगमी दिनमा पनि थप  सहयोगको अपेक्षा गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।