साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपमा नेपाली खेलाडीको मिश्रित प्रदर्शन

साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपमा नेपाली खेलाडीको मिश्रित प्रदर्शन

कपन अनलाइन

काठमाण्डौ ,जेठ ३२।

नेपाल बुद्धि चाल महासंघको आयोजनामा भइरहेको साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणको खेलमा नेपाली खेलाडीहरुको प्रर्दशन मिश्रित रहयो ।

नेपाल च्याम्पियन फिडे मास्टर  रेटेड खेलाडी रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड  अब्दुल मलेक मोहमदलाई हराए।निकै राम्रो खेलेका रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निरास पारेका थिए।

त्यसैगरी १४ बर्षिय युवा खेलाडी पुरुषोत्तम १८३४ रेटेड   सिलवालले भुटानका अनरेटेड खेलाडी डिक्चेन दोर्जीलाई सहज  रुपमा ३४ औं जीत निकाल्न सफल भए।

पर्व नेपाल च्याम्पियन २०३२ रेटेड खेलाडी सूरविर लामा बंगलादेशका २२०६ रेटेड हसन पराग मेहन्दीसंग पराजित भए।

राउण्ड रोबिन प्रणालीमा गोदावरीको होटेल भ्यु भृकुट  संचालन भएको खेलमा  नेपालका २०२४ रेटेड फिडे मास्ट,   क्षितिज भण्डारी र पाकिस्तानका २०४६ रेटेड  फिडे मास्टर अमिर करिम बीचको खेल निकै प्रतिस्पर्धामक रहयो । रोचक रुपमा आक्रमण  प्रत्याक्रम भएको खेलमा खेलको ७० औं  चालमा पाकिस्तान खेलाडी अमिरले बाजि मारे।सुरवीरले राम्रो खेल पनि अवसरको फाइदा उठाउन नसक्दा खेलको ५२ औं  चालमम आत्मसमर्पण गर्ने पुगे।

खुल्लातर्फ नेपाल , पाकिस्तान , बंगलादेश ,भुटान र भारतका खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा   भारतका डिफेन्डिङ च्याम्पियन २४१५ रेटेट आई एम  नुबैर शाह शैखले भारतकै२५०८ रेटेड  ग्राण्ड मास्टर  सयान्तन दािलाई पराजित गरे।  निकै कठिन रोचक खेलमा नुबेरले आफू भन्दा उच्च रेटेड ग्राण्ड मास्टर सयन्तनलाई खेलको ५८ औं  चालमा सिकार बनाए।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र एशियन चेस फेडेरेशनका उपाध्यक्ष भरत सि चौहानले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

छ दिनसम्म संचालन हुने प्रतियोगिताको  लागि राष्ट्रिय खेलकुद परिषद , ललितपुरका स्थानीय निकायहरु  ललितपुर महानगरपालिका , महालक्ष्मी नगर पालिका, गोदावरी नगरपालिका  , कोन्जोसम गाउँपालिका, बागमती गाउँ पालिका, महाँकाल गाउँ पालिका र ललितपुर जिल्ला समन्वय समितिले   सहयोग गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।