कर्मचारीमाथि अभद्र व्यवहार प्रकरण : कर्मचारी हकहित समिति बुढानिलकण्ठको आपत्ति

कर्मचारीमाथि अभद्र व्यवहार प्रकरण : कर्मचारी हकहित समिति बुढानिलकण्ठको आपत्ति

कपन अनलाइन

काठमाण्डौ ,जेठ २९।

प्युठानको झिमरुक गाउँपालिका र देवदह नगरपालिकाको कार्यालयमा कर्मचारीमाथि अभद्र व्यवहार गरी हातपात गरेको घटना प्रती बुढानीलकण्ठ नगरपालिका कर्मचारी हकहित समितिले खेद प्रकट गर्दै विज्ञप्ति जारी गरेको छ ।

राष्ट्रप्रति समर्पित राष्ट्रसेवक कर्मचारीहरु माथि गरिएको नन्दनीय एवं अमानवीय घटनाको घोर भत्सना गर्दै उक्त घटनाहरुमा संलग्न दोषीहरुलाई तत्काल कानूनी कारवाही गरी सबै स्थानीय तहका कार्यालयमा शान्तिपूर्ण रुपमा कार्य गर्ने वातावरण सृजना गर्न समितिले माग गरेको छ ।

यस किसिमका विकृतिहरु दोहोरिएमा कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु असुरक्षित हुने, काम गर्ने वातावरण समेत नहुने हुँदा आगामी दिनमा पुनः यस प्रकृतिका घटना घटेमा नेपालभरीका सबै स्थानीय तहका सम्पूर्ण कर्मचारीहरुले सेवाप्रवाह बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने हुँदा यसतर्फ सम्बन्धित निकायको पूर्ण ध्यानाकर्षण गराउन यस विज्ञप्ती सार्वजनीक गरिएको समितिका  अध्यक्ष अच्यु‍त खड्काले जानकारी दिएका छन  ।

के भएको थियो झिमरुक गाउँपालिका र देवदह नगरपालिकाको कार्यालयमा ?

मिति २०८०, जेठ २४ गते दिउँसो २:३० बजे झिमरुक गाउँपालिकाको कार्यालय, भ्यागुते, प्यूठानमा योजना तथा तथ्याङ्क शाखामा योजनाको भुक्तानीको फाइलको विषयलाई लिई योजना शाखामा कार्यरत कर्मचारी दिपक जि.सी.लाई योजनाको अध्यक्ष राम बहादुर खड्का, सचिव गोपाल खड्का र गाउँपालिकाको अध्यक्षको छोरा मिलन एम. सी. ले अपशब्द, अभद्र व्यवहार गरी हातपात समेत गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृतलाई समेत अध्यक्षको छोरा मिलन एम. सी.ले अभद्र व्यवहार गरी हातपात समेत गर्न प्रयास गरेका थिए ।

मिति २०८०‍ जेठ २४ गते दिउँसो करिब १:५१ बजे देवदह नगरपालिकाको राजस्व शाखा कोठा नं. २३ मा कर्मचारीहरु कामकाज गरिरहेको अवस्थामा नेश्नल कन्स्ट्रक्सन प्रा.लि., रोहिणी – ४, रुपन्देहीका प्रतिनिधिका रुपमा उक्त शाखामा उपस्थित भएका देवदह – ५ बस्ने शिव दर्लामीले फर्म कालोसूचीका लागि सिफारिस गरिएको पत्र बुझ्ने क्रममा कमर्चारीहरुको ज्यान लिने र कार्यालय तोडफोड गर्ने सम्मको धम्की दिई कुर्सी तोडफोड गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।