Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/06/351558985_271969372056898_2987486619855181489_n-1024x614.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम हुदै

कपन अनलाइन

काठमाडौँ, जेठ २६ । महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्य सहित क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम प्रदान गरिने भएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग तथा दीपश्री क्रियटिभ मिडियाको आयोजनामा जेठ २८ गते देखि असार ३ गते सम्म श्री बौद्धनाथ क्षेत्र विकास समितिको सभाहलमा क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम प्रदान गर्न लागिएको हो  ।

महिलाहरुमा आत्मनिर्भर बढाउनुका साथै घरैमा बसेर पनि आम्दानी गर्न सकिने अवस्था सृजना गर्ने उदेश्यका साथ  काठमाडौं महानगरपालिका वडा नं ६ क्षेत्रमा बसोबास गर्ने २० जना बेरोजगार महिलाहरुलाई लक्षित गरि उनीहरुको क्षमता तथा विकास अन्तर्गत  ७ दिने उक्त तालिममा सहभागी हुन  श्री बौद्धनाथ क्षेत्र विकास समितिको सदस्य जानुका भण्डारी श्रेष्ठले अनुरोध गरेकी छिन ।

महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा पछाडि परेको  हुँदा उनीहरुलाई सीप सिकाइ  व्यवसायिक  र आत्मनिर्भर बनाउने प्रयास अनुरुप उक्त तालिमलाइ समितिले सहयोग गरेको बताइन । श्री बौद्धनाथ क्षेत्र विकास समितिले  बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको छ भने   युवा तथा महिलाहरुको शिप बिकासका साथै  शिक्षा स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।