मंगलबारदेखि पोखरामा साहसिक पर्यटन सम्बन्धि फोटो प्रदर्शनी हुँदै

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५ ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले पोखरामा ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनीको आयोजना गर्ने भएको छ। एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को सहयोग  आगामि जेठ १६ गते मंगलबारदेखि उक्त प्रदर्शनी हुन लागेको हो।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले पोखराको होटल पोखरा ग्राण्डमा हुन लागेको उक्त प्रदर्शनीमा देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यकीय र साहसिक फोटोहरु राखिने संयोजक सुनिल शर्माले जानकारी दिए।

प्रदर्शनी जेठ १६ देखि १९ गते सम्म ४ दिन चल्नेछ। प्रदर्शनीमा करिब ३० जना फोटो पत्रकारहरूले खिचेका ६० भन्दा बढी फोटोहरू राखिने छन् ।

तपाइँको प्रतिक्रिया ।