प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि चन्द्रागिरि डोजोलाइ

प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि चन्द्रागिरि डोजोलाइ

कपन अनलाइन

काठमाडौं, जेठ ८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९मा रहेको शंखडोल कराते एकेडेमी शङ्खडोल कराँते एकेडेमीको आयोजनामा सञ्चालन भएको प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि चन्द्रागिरि डोजोले जितेको छ ।

तीन स्वर्ण, दुई रजत र चार कास्य पदक प्राप्त गर्दै चन्द्रागिरीले उपाधि जितेको हो ।यस्तै प्रतियोगितामा दुई स्वर्ण जित्दै च्याम्पियन मार्सल आर्ट्स दोस्रो भयो । बौद्ध डोजो एक स्वर्ण र एक रजतका साथ तेस्रो भयो ।

 

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुव्र्यसनीविरुद्ध कराँते’ अभियानअन्तर्गत सञ्चालित सो प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् । बूढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडीका रुपमा छनोट भइन् । आयोजक शङ्खडोल अनुशासित टोली घोषित भयो । विजेता खेलाडीलाई प्रतिनिधि सभा सदस्य   शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारञ्जित लगायतले पुरस्कार प्रदान गरेका थिए ।

एकदिने प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपालिका प्रमुख  दीपक रिसाल र उप प्रमुख सान्नानी लामाले  गरेका थिए ।गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा आठ स्पर्धामा एक सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।  हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।