आवेग : समीर पाख्रिन (लघुकथा)

आवेग : समीर पाख्रिन (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६ ।

उग्र भीडको अघि दर्जनजत्ति प्रहरीको केही लागेन । हेर्दा हेर्दै  घर, रोकी राखेको गाडी खरानी बनायो । केही घण्टाको वितण्डा शान्त भएपछि भीड तितर वितर भयो । यात्रुहरू गाडी चढेर गन्तव्यतिर लागें । स्थानीयहरू आ आफ्नो घरतिर लागे ।
सदनमा उक्त घटनामाथि विपक्षी दलका सांसदहरूले गृहमन्त्रीलाई आछु आछु पारे । गृहमन्त्रीले घटना वारे छानबीन गर्न तीन सदस्यीय आयोग गठन गर्ने तत्काल घोषणा गरें ।
नभन्दै आयोग गठन भयो । र, अनुसन्धानको क्रममा दर्जन भन्दा बढी स्थानीयलाई हिरासतमा राखेर सोधपुछ सुरू ग¥यो । साता व्यापी अनुसन्धानपछि आयोगले सोधपपुछ र प्राप्त भिडियोको आधारमा केही स्थानीय र यात्रुको पहिचान गरि मुद्दा अगाडि बढायो ।
मुद्दा लागेका एकजनाले पछुतो गर्दै भने ‘आखिर देशमा कानून मरेको रहेनछ ।’
दोश्रोले केही बोलेन टाउको मात्र हल्लायो । तेश्रोले भन्यो ‘क्षनिक आवेगले नराम्ररी फसायो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।