नेकपा (एकीकृत समाजवादी)को भ्रष्टाचारविरुद्ध प्रदर्शन
कपन अनलाइन
काठमाडौं जेठ ५ । नेकपा (एकीकृत समाजवादी)ले बिहिबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।माइतीघरमण्डलामा भएको बिरोध प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्न एकीकृत समाजवादीले माग गरेको छ।
उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिने काम नगर्न सरकारलाई खबरदारी गरेका छन् भने अन्य भ्रष्टाचार काण्डहरूको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग समेत गरेका छन् ।
उनीहरूले ‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’, ‘युवाहरूको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी’लगायतका नारा अङ्कित पर्चाका साथ बिरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेलसँगै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली लगायतका नेताहरूको उपस्थिति थियो ।