रुपेश जैसवाल बने हेटौंडा मेयर कप राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको च्याम्पियन

रुपेश जैसवाल बने हेटौंडा मेयर कप राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २।
नेपाल चेसको च्याम्पियन रुपेश जैसवालले हेटौँडामा सम्पन्न हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधीमाथि कब्जा जमाएका छन् । पाँच दिनसम्म चलेको प्रतियोगिताको उपाधि जित्दै जैसवालले नगद १ लाख रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा सुरविर लामाले दोश्रो स्थान प्राप्त गर्दै नगद ५० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा अनिल राजबाहकले तृतिय स्थान प्राप्त गर्दै २५ हजार प्राप्त गरेका छन् ।
हेटौँडाको होटल स्मारकमा आवासीय सुविधा सहित पाँच दिनसम्म भएको प्रतियोगितामा कुल २१ जना पुरस्कृत भएका छन् । प्रतियोगितामा चौथो र पाँचौ स्थानमा क्रमश विलमलाल श्रेष्ठ तथा सुस्रत दाहाल भए । उनिहरुले नगद २० हजार प्राप्त गर्दा प्रतियोगितामा छैँठौ देखि १० औँ स्थान सम्मका क्रमश पुरुषोत्तम चौँलागाई, कृष्ण थापा, क्षितिज भण्डारी, निकेन कुवास्थ तथा श्रीलंकाकी एसडि रणसिंङ्गेले जनही १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बेस्ट लोकल सुन्दर कार्की, वेष्ट महिला खेलाडी सिन्धिरा जोशी, वेष्ट भेट्रान नविन ताण्डुकार,वेष्ट यु–१२ अबिन पाण्डे, बेष्ट यु–१४ आयुष डेमनदौरा, यु–१६ तर्फ पुरुषोत्तम सिलवाल, यु १८ तर्फ रिसोन थापा विजयी हुँदा बेष्ट अनरेटेडमा रुपेशप्रसाद पालिखेल, बेष्ट रेटिङ १४०० मा सुजन कुमाल, बेष्ट रेटिङ १६०० मा निशान श्रेष्ठ तथा १८०० मा खोमप्रसाद तिमल्सीनाले जित हाँसिल गरे । उनिहरुले जनहरी १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुस्कार वितरण गर्दै बागमती प्रदेशकी समाजिक विकास मन्त्री कुमारी मोक्तानले चेस खेललाई बागमती प्रदेशको पाठ्यक्रममा समावेश बनाउने सुझावको आधारमा चेसँसग सम्वन्धित संघसस्थाहरुसँग समन्वय गरिने बताईन् । उनले चेस खेलको विकासको लागि प्रदेशको तर्फबाट आवश्वक सहयोग हुने प्रतिवद्धता समेत ब्यक्त गरिन् ।

तपाइँको प्रतिक्रिया ।