समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बौद्धमा नागरिक सुनुवाई सम्पन्न
कपन अनलाइन
काठमाडौं, बैशाख ३० । समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार नेपाल प्रहरीले सम्पादन गरेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराई प्रहरी कार्य सम्पादनमा भए गरेका कमी कमजोरीहरुका सम्बन्धमा राय सुझाव लिई प्रहरी कार्यलाई जनउत्तरदायी बनाउने उदेश्य सहित प्रहरी वृत बौद्ध , सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धको आयोजनामा काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित तामाङ कल्याण गुठीमा सामुदायिक सेवा केन्द्र बौद्धका संस्थापक अध्यक्ष , ज्येष्ठ नागरिक समाज बौद्धका अध्यक्ष एबम तामाङ कल्याण गुठीका अध्यक्ष जय मंगल लामाको अध्यक्षतामा भएको उक्त नागरिक सुनुवाई कार्यक्रममा
प्रमुख अतिथिको रुपमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजाल रहेका थिए भने बिशेष अतिथिको रुपमा प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत, बौद् ट्राफिक प्रहरी प्रमुख उपेन्द्र काठमाडौं महानगरपालिका वडा नं ६ का अध्यक्ष एबम सामुदायिक प्रहरी साझेदारी काठमाडौं महानगरपालिका वडा नं ६ वडा कमिटि संयोजक भुवन लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष विर बहादुर लामा
श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य जानुका भण्डारी श्रेष्ठ. पशुपतिनाथ खतिवडा (श्याम) सामुदायिक सेवा केन्द्रका अध्यक्ष विर बहादुर लामा, शक्ति समूहको अध्यक्ष चरिमाया तामाङ, खास्ती नेवा पुच:का टुसाल युवा क्लबका प्रतिनिधि लगायतबिभिन्न संघ संस्थाका प्रतिनिधि, बिभिन्न बिध्यालयका बिद्यार्थी सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन प्रहरी नायब निरीक्षक पिताम्बर पराजुलीले गरेका थिए । राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विर बहादुर लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले आयोजकलाइ धन्यवाद दिएका थिए ।उनले समुदाय प्रहरी साझेदारी अन्तर्गत गरिएको कार्यक्रमहरु निकै महत्वपूर्ण र उपयोगी रहेको बताए। लामाले शान्त र सुरक्षित समाज निर्माणमा सबैको साथ, सहयोग र योगदान हुनुपर्ने बताएका थिए ।उनले सुरक्षित समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको पनि रहने बताए । उनले यस्ता कार्यक्रमले जनता र प्रहरी बीचको दुरी घटाई अपराध न्यूनीकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष एबम सामुदायिक प्रहरी साझेदारी काठमाडौं महानगरपालिका वडा नं ६ वडा कमिटि संयोजक भुवन लामाले समाजमा शान्ति सुरक्षाको लागि स्थानीयतह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनको लागि प्रहरी र स्थानीयबीचको सम्वन्ध जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा अपराधजन्य क्रियाकलाप नियन्त्रण, सामाजिक बिकृति, समुदाय प्रहरी साझेदारी कार्यक्रमको पहुँच टोल स्तरसम्म विस्तार गर्नुपर्ने, बालबालिका एवं विद्यालय केन्द्रित कार्यक्रमहरुको विस्तार, सडक सुरक्षा केन्द्रित ट्राफिक गतिविधिमा वृद्धि गरिनुपर्ने विषयहरुमा आधारित उठेका प्रश्न तथा जिज्ञासाहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले सम्बोधन गरेका थिए ।
प्रहरी सदैव नागरीक सुरक्षाको सवालमा हरेक आयामबाट दत्त चित्त भई कर्तव्यरत रहेको प्रहरी उपरीक्षक रिजालको भनाई थियो । अध्यक्षताको आसन बाट बोल्दै सामुदायिक सेवा केन्द्र बौद्धका संस्थापक अध्यक्ष , ज्येष्ठ नागरिक समाज बौद्धका अध्यक्ष एबम तामाङ कल्याण गुठीका अध्यक्ष जय मंगल लामाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।