मदन भण्डारी स्पोर्ट्स एकेडेमीको बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

कपन अनलाइन
काठमाडौं, बैशाख ३०  ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो ।
पहिलो दिन एक स्वर्णको मात्र छिनोफानो हुँदा आयोजककी सुष्मिता खड्गीले पहिलो स्थान हात पारिन् । विभिन्न २३ स्पर्धा समावेश प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने तेक्वान्दो प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।