असहाय गाईबाच्छा संरक्षण हेतु आयोजित गौरक्ष महायज्ञ आज समापन हुँदै

असहाय गाईबाच्छा संरक्षण हेतु आयोजित गौरक्ष महायज्ञ आज समापन हुँदै

कपन अनलाइन  

काठमाडौं बैशाख २८। असहाय गाईबाच्छा संरक्षण हेतु आयोजना गरिएको गौरक्ष महायज्ञमा सहभागिता बढ्दै गएको छ। असहाय गाईबाच्छा संरक्षण हेतु वैशाख २२ गतेदेखि २८ गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा संचालन भएको  गौरक्ष महायज्ञ तथा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उपराष्ट्रपति रामसाहय यादवले उद्घाटन गरेका थिए ।

ज्ञानमहायज्ञ वाचक प्रवीण पण्डित दीनबन्धु पोखरेलको वाचनमा  संचालन भइ रहेको उक्त कार्यक्रममा बिभिन्न ओहोदाका ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

अभियानका अध्यक्ष उत्तम पुडासैनीका अनुसार राज्यले गाईलाई राष्ट्रिय जनावर भने पनि संरक्षण गर्न सकेको छैन । साना-साना गाईबच्छाको रोदन देखेर असहाय गाईबाच्छा संरक्षणको काम गरिरहेको जानकारी गराए ।

अध्यक्ष पुडासैनीले भने ‘वर्तमान अवस्थामा असहाय गाईबाच्छाको व्यवस्थापनका सन्दर्भमा सर्वत्र समस्याका रुपमा देखिएको छ । सरकारी नीतिको अभाव अनि किसानहरूमा देखिएको नैतिकताको खडेरीका कारण समस्या आएको हो ।’

गाईबाच्छा संरक्षण अभियानकर्ताहरूले लामो समयदेखि बाटोमा अलपत्र छाडिएका गाईबाच्छाहरूको संरक्षण गर्दै आएका छौ  । आज नै  अपरान्ह ४ बजे प्रसाद ग्रहण सहित  उक्त गौरक्ष महायज्ञको समापन हुने हुँदा उक्त कार्यक्रममा समेत सहभागी हुन सबैलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।