बुढानिलकण्ठ-८ मा १६ करोड बढी लागतको लोकेश्वर खानेपानी आयोजना निर्माणाधीन,११ सय घरधुरी लाभान्वित

बुढानिलकण्ठ-८ मा १६ करोड बढी लागतको लोकेश्वर खानेपानी आयोजना निर्माणाधीन,११ सय घरधुरी लाभान्वित

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ८ मा १६ करोड ४३ लाख भन्दा बढी लागतमा  लोकेश्वर खानेपानी आयोजना निर्माणाधीन रहेको छ।

वडा नं ८ का ११ सय भन्दा बढी घरधुरीहरुमा  खानेपानी उपलव्ध गराउनका लागि निर्माणाधीन रहेको योजनाको करिव २० प्रतिसत काम सम्पन्न भएको छ।

२०८१ साल असार महिना सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त खानेपानी योजनाका लागि बागमती  प्रदेस सरकारको ७० प्रतिसत र बुढानिलकण्ठ नगरपालिकाको  ३० प्रतिसत आर्थिक सहयोग रहेको छ।

वडा नं ८ को सुन्दरबस्ती ,तल्लो भंगाल लगायतका क्षेत्रमा सहज खानेपानी सेवा प्रदान गर्नका लागि लोकेश्वर खानेपानी आयोजना निर्माण  बताउदै उपभोक्ता समितीका अध्यक्ष रबिन्द्र थापाले सहयोगका लागि उपभोक्ता र सरोकारवालाहरुलाई आग्रह  गरेका छन।

हाल बुढानिलकण्ठ-८ को लोकेश्वर मन्दिर क्षेत्रमा रहेको स्थानमा ४ लाख ५० हजार लिटरको ट्यांकी निर्माण भैरहेको जानकारी दिदै  उपभोक्ता समितीका सचिव निश्चल अधिकारीले योजना समयमै सम्पन्न हुने विस्वास व्यक्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।