बुढानिलकण्ठ -१२ मा पाँच दिने अचार तथा मस्यौरा बनाउने तालिम सम्पन्न

बुढानिलकण्ठ -१२ मा पाँच दिने अचार तथा मस्यौरा बनाउने तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४ ।

बुढानिलकण्ठ -१२ मा पाँच दिने अचार तथा मस्यौरा बनाउने तालिम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यकममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै विभिन्न सामाग्रीहरु प्रदर्शन पनि गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा नं १२ का सदस्य   तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल ,वडा सदस्यहरु डिल्ली प्रसाद खतिवडा र ईश्वरी भट्टराई,वडा सचिव गीता ठगुन्ना , तालिमका प्रशिक्षक रेखा शर्मा चौधरी लगायतको उपस्थिति रहेको थियो।

गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेड्पा ) अन्तर्गत भएको सो पाँच दिने तालिम समापन कार्यक्रमको संचालन जनार्दन मिश्रले गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।