चाँगुनारायण नगरपालिका–५ खरिपाटीको सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटियो
कपन अनलाइन
काठमाडौँ,बैशाख १४ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।
अन्दाजी ४०/४५ वर्षको पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो ।
शरीरको भाग भने सडेको अवस्थामा भुँईमा भेटिएको छ। घाँटीको भाग सडेर चुडिएपछि भुँईमा खसेको हुनसक्ने आशंका गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।