श्रीमतिको बिहे : बिबेक अधिकारी (कविता )
श्रीमतिको बिहे
यति भाग्यशालीको हुन्छ र यो कलियुगमा
यस्तो अवसर कस्ले पाउछ र
एकै जुगमा।
घरमै आएर ससुरोले
चुले निम्तो नै पो दिएछ
छोरोले पनि दुईहात थापेरै निम्तो लिएछ।
त्यहि निम्तो पत्र पढेर पो थाहा पाए
महोदय यहि मंसिरमा मेरि श्रीमतिको बिहे छ।
सेकेन्ड ह्याणड गाडि निकै बिकेको सहरमा
सेकेण्ड ह्यान्ड बुढि लाने को छुट्टै रहरछ
दिनेले पनि किस्ताबन्दी मै दिएछ
लिनेले पनि बिना
डाउन पेमेन्ट मै पो लिएछ।
के गर्नु हजुर घरमै आएर
ससुरोले निम्तो दिएछ
यहि मंसिरमा मेरि श्रीमतिको बिहे छ।
अब निम्तो थापि सकेपछि
एउटा लबेदा कोटत हाल्नै पर्यो
साउनमै फाल्नुपर्ने लुतोलाई
मंसिरमै भएपनि फाल्नै पर्यो।।
जानै पर्यो हजुर यस्तो मौका फेरि फेरि
आउला नआउला,
उस्को बच्चोको पास्निमा पछि
जान भ्याउला नभ्याउला
घरमै आएर ससुरोले निम्तो दिएछ
यहि मंसिरमा मेरि श्रिमतिको बिहे छ।
एउटा गाग्रो र दुईवटा खड्कुलो
गड्दो हाल्नै पर्यो, आफ्नै बुढिको बिहेमा पनि
केही दिएन भन्लान
समाजको मुख पनि टाल्नै पर्यो।
कजन हज्बेन्डको जुत्ता लुकाएर
यसपालि ठुलै पैसाको डिमान्ड गरिन्छ
भब्य रमाइलो गर्नेहो साथिहो भोलि
बाँचिन्छ कि मरिन्छ।
के गर्नु घरमै आएर
ससुरोले निम्तो दिएछ,
यहि मंसिरमा मेरि श्रिमतिको बिहे छ।
एक करोड भेट्नेले
हाफ प्लेट चाउमिन खाने
रहर बोकेको छ,
हाफ प्लेट स्वास्नी पाउनेले पनि फुल
प्लेट सपना देखेको छ।
जात्रै जात्राको यो देशमा गाईत
केबल बदनाम भईरहेकोछ,
आफुलाई लागेको साढे सातको
दशा हाँसि हाँसि कसैले
बोक्ने भईरहेकोछ ।
जानै पर्यो महोदय
घरमै आएर ससुराले निम्तो दिएछ ,
यहि मंसिरमा मेरि श्रीमतिको बिहेछ।
तपाइँको प्रतिक्रिया ।