नीरा पाण्डेले हत्या प्रकरणमा छानविनमा ढिलाई भएको भन्दै सरस्वतिनगरमा प्रदर्शन

नीरा पाण्डेले हत्या प्रकरणमा छानविनमा ढिलाई भएको भन्दै सरस्वतिनगरमा प्रदर्शन

कपन अनलाइन

काठमाण्डौ , बैशाख १२।

काठमाण्डौ महानगरपालिका वडा नं ६ सरस्वती नगरमा चक्कु प्रहारबाट हत्या गरिएकी  भाँडा व्यवसायी नीरा पाण्डेका वारेमा भैरहेको अनुसन्धानमा  ढिलाई भएको भन्दै  पीडित परिवार र आफन्तले आज पनि प्रदर्शन गरेका छन  ।

हत्यारालाई जतिसक्दो योजना कारबाही माग राख्दै  आज सरस्वतीनगर रोडमा प्रदर्शन गरिएको हो ।प्रदर्शनकारीहरु   ‘पीडित पक्षको माग पूरा गर’, ‘हत्यारालाई सार्वजनिकगर’, ‘पीडित पाण्डको  आत्मालाई न्याय दे’, ‘हाम्रो माग पूरा गर’, नारा लेखका  प्लेकार्ड बोकेर  सडकमा निस्किएका थिए ।

बैशाख ७ गते  सरस्वतीनगरमा भाँडा व्यवसायी नीराको हत्या भएको थियो । हालसम्म हत्यारा पक्राउ नपरेको भन्दै सरस्वतिनगरमा दैनिकरुपमा प्रदर्शन भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।