नेकपा एस काठमाण्डौ क्षेत्र नं ३ को प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा एस काठमाण्डौ क्षेत्र नं ३ को प्रशिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, बैशाख १२  ।

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजबादी) गोकर्णेश्वर नगर कमिटी तथा प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र न ३ काठमाडौको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार पार्टी कार्यालय जोरपाटीमा क्षेत्रीय समन्वय कमिटी संयोजक बिमल प्रसाद अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजबादी) उपाध्यक्ष द्वय राजेन्द्रप्रसाद पाण्डे र प्रमेश हमाल, प्रदेश सभा सदस्य रमा आले मगर लगायतले पार्टी पुनःगठनको औचित्य, नेपालको कम्युनिष्ट आन्दोलन विगत र वर्तमान, पार्टीको मार्गदर्शन सिद्धान्त र क्रान्तिको अबको बाटो, पार्टीको मार्गदर्शक सिद्धान्त तथा साङ्गठनिक सिद्धान्त, साङ्गठनिक अवस्था र सङ्गठन निर्माणको आगामी कार्ययोजना, समाजवादी आन्दोलन र आजको विश्व व्यवस्था, लगायतको बिषयमा जानकारी गराएका थिए उनीहरुले अहिले पार्टी समेत गठबन्धनको सरकारमा रहेको हुँदा सरकारमा रहेका मन्त्रीले गरेको राम्रो नराम्रो कामको मूल्यांकन गरि गलत काम गरे जनताको मनोभावना राष्ट्र पार्टी हित बिपरित कार्यगरे पार्टी कार्यकर्ताले सचेत गराउदै कारवाही सहित मन्त्री बाट फिर्ता बोलाइने जानकारी गराएका थिए ।

प्रत्यक्ष रुपमा जोडिने स्थानिय तह स्थानिय सरकारका निर्वाचित जनप्रतिनिधी अप्रत्यक्ष रुपमा भ्रस्टाचारमा सम्लग्न भएको पाईएकोले त्यसको लागि गोकर्णेश्वर नगर कमिटी पार्टि क्षेत्रीय कमिटिले ससक्त भएर भ्रस्टाचार बिरोधी अभियाननै चलाउन पर्नेमा जोड दिएका थिए ।

(एकीकृत समाजबादी) जनताको हितमा रास्ट्रको हितमा संविधानको रक्षार्थको लागि नै बिद्रोह गरेको स्मरण गराउदै बिद्रोह पदका लागि मात्र नभइ जनताको लागि रास्ट्रको लागि कम्युनिस्ट पार्टिमा नै प्रश्न चिन्न खडा भएको सन्दर्भमा बिद्रोह गर्नु परेको जानकारी गराएका थिए ।

नेकपा (एकीकृत समाजबादी)ले मदन भण्डारिले लिएको जनताको बहुदलिय जनबादलाई नलिएको भ्रमलाई चिर्दै हिजो नदि तर्नका लागि झोलुङ्गे पुलको आवस्यकता थियो र त्यो कालखन्डमा निर्माण गरियो समय प्रबिधिको बिकाशसंगै त्यही नदि तर्नका लागि पक्की पुलको निर्माण गरियो त्यस अर्थमा निर्माण चाहिँ पक्की पुल अनि व्याख्या चाहिँ झोलुङे पुलको तर्क व्याख्या गर्नु/ राख्न नहुने भन्दै पार्टी समाजबादको यात्रामा निस्किसकेको हुँदा ढिलो चाडो सबै कम्युनिस्ट पार्टिले नेकपा (एकीकृत समाजबादी)को बाटो तय गर्ने बताउदै कार्यकर्ता दुबिधामा पर्न नहुने बताए ।

संगठनको निर्माण सुदृढीकरण पार्टी सदस्यता बितरण जस्ता कार्यमा ससक्त रुपमा लाग्न उपाध्यक्ष द्वयले अनुरोध गरेका थिए । पार्टी प्राबिधिक कारणले राष्ट्रिय पार्टी बन्न सकेन त्यसमा सबैको कमि कमजोरी भएको औल्याउदै कार्यकर्तालाइ दुखी नहुन अनुरोध गरेका थिए ।

पार्टिले गुमाउनु गुमाईसकेको अब गुमाउन बाकी नरहेको अब प्राप्त गर्ने दिसामा अगाडि बढ्ने भएकाले हिजो गठबन्धनका कारणले कयौ योग्य नेता कम्रेडहरुले जनतामाझ उम्मेदवार खडा भएर जान पाउनु भएन त्यसमा चिन्ता नलिन अब पार्टिले मुल्यांकन गरेर उचित जिम्मेवारि ढिलो चाडो दिदैजाने कार्यकर्ताले निरास हुनुपर्ने अब कुनै कारण छैन त्यसर्थ चिन्ता नलिन आग्रह गर्दै एमालेबाट हामी अबसर नपाएर बिद्रोह गरेका हैनौ पद नपाएर पनि बिद्रोह गरेका हैनौ बिचार नमिलेर पनि हामिले बिद्रोह गरेका हैनौ हामिले त यश मानेमा बिद्रोह गरौ संविधान माथि नै ठाडो प्रहार,कम्युनिस्ट पार्टी माथी नै ठाडो प्रहार हुन थालेपछी मात्र हाम्रो बिद्रोह रहयो त्यसर्थ हाम्रो पार्टी अध्यक्ष कमरेड माधब कुमार नेपाल ज्युले नि भनी सक्नु भएकोछ क.केपि ओलिज्युले संसद विघटन गरेर गलत गरे भनेर आफुले गलत गरेको कुरा स्विकार्नु भयो भनेमात्र पनि पार्टी एकताको कुरा अझ नेकपा ब्युताउने जस्तो कुरा सम्भाव थियो र अझ पनि छ तर सम्सद विघटन गलत हो भनी नभन्ने अनेकन बहानामा धर्मको नाममा भस्कावा गर्दै भित्री रुपमा हिन्दु रास्ट्र र राजा ल्याउने भन्ने खालका खेलमा भित्री रुपमा भारतिय पार्टिका नेताहरुसंग साठखाठ गर्दै अगाडि बढ्ने हो भने एकता सम्भब छैन बाधक नै केपि ओलि रहेको कुरा प्रस्ट्याउदै पार्टी काममा एकढिक्का भएर लाग्न निर्देशित गर्दै प्रशिक्षण दिएका थिए ।

गोकर्णेस्वर नगरकमिटी कार्यबाहक अध्यक्ष रामचन्द्र गौतमले संचालन गरेको उक्त कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य विश्व नाथ प्याकुरेल ,पार्टी पोलिटब्युरो सदस्य गोपाल प्रसाद बराल ,प्रदेस कमिटी सदस्य उद्दब खड्का,राजकुमार लामा,जिल्ला कमिटी सदस्य लगाएत अन्य स्थानिय नेताहरुको पनि उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।