रेमिटेन्स पठाउला : कृष्ण काफ्ले (कविता )

कपन अनलाइन

काठमाडौं,बैशाख ९  ।

खाडिमा भेटौला
सङै चिया पिउला
नेपाली पार्टी संगठन बनाउला
रंगशाला बनाउन पैसा पठाउला
४० बर्स कटे छि फेरि रमाउला
रेमिटेन्स पठाउला ।
मल कारखाना चाहिदैन
रेमिटेन्स पठाउला
भाका उद्योग पनि बन्द गरौ
रेमिटेन्स पठाउला
चिन्ता नलिनु हामी उतै रमाउछौ
रेमिटेन्स पठाउला,पठाउला ।
हाम्रा बा आमा लाई
यो पार्टी को त्यो पार्टी को भनेर
औंला भाचि भाचि गनेर
सुबिधा छिनेर
नभन्दिनु नचिनेर
चिन्दिनु नेपाली भनेर
रेमिटेन्स पठाउला ।
किशोर जि कुराले
मुटु दुख्यो कुराको छुरा ले
धान पनि बिकेन
अलैंची पनि बिकेन
चिया पनि बिकेन
अदुवा पनि बिकेन
मैले फलाएको केहि पनि बिकेन
मैले पढेको केहि पनि बिकेन
प्रजातान्त्रिक शिक्षा, यस्तै होला भनेर
अनि खाडि आको हो
किशोरजिलाई भनदिनु
अनि खाँडी आको हो
रेमिटेन्स पठाउला ।
जि हरुको प्रजातन्त्रको जयहोस
क्रान्तिकारी को गणतन्त्र को जयहोस
संघीयताको जयहोस,
हामीलाई खाडिमै जयहोस
हजुरहरुको राडिमै पाउ बसोस
सत्ता लागि सधैँभरि दाउ परोस
अदलबदलमा सधैँ भाउ बढोस्
हासौला नाचौला
रेमिटेन्स पठाउला पठाउला हजुर पठाउला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।