निजि विद्यालयहरुलाई बुढानिलकण्ठ नगरपालिकाको कडा निर्देशन , के छ परिपत्रमा ?

निजि विद्यालयहरुलाई बुढानिलकण्ठ नगरपालिकाको कडा निर्देशन , के छ परिपत्रमा ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८।

बुढानीलकण्ठ नगरपालिकाले विद्यालयबाट नै पाठ्यपुस्तक तथा पोशाक खरिद गर्न बाध्य नपार्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ( संशोधन सहित ) मा व्यवस्था भए अनुसार विद्यालयहरू आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरूलाई बाध्य नगराउने भन्ने व्यवस्था रहेको  स्मरण गराउदै त्यस्ता कार्य नगर्न निर्देशन दिएको छ   ।

निर्देशन कार्यन्वयन नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारवाही गरिने र सो को जबाफदेही सम्बन्धीत विद्यालय नै हुनु पर्ने महाशाखाले जारी गरेको परिपत्रमा उल्लेख छ ।

परिपत्र :

तपाइँको प्रतिक्रिया ।