नेशनल बुद्धिचाल प्रतियोगितामा पहिलो वरियताका रुपेश र सुजनाको अग्रता कायमै

नेशनल बुद्धिचाल प्रतियोगितामा पहिलो वरियताका रुपेश र सुजनाको अग्रता कायमै

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनामम संचालन भइरहेको नेशनल बुद्धिचाल प्रतियोगिताको बिहीबार तेस्रो र चौथो चरणको खेल समाप्तिमा पहिलो वरियताका खेलाडी फिडे मास्टर रुपेश जैशवालले एकल अग्रता लिएका छन्।

आज उत्कृष्ट प्रदर्शन गरेका रुपेशले २१ औं राष्ट्रिय प्रतियोगिताका बिजेता  पुरुषोत्तम चीलाागाईलाई पराजित गरे भने चौथो चरणको खेलमा तेस्रो चरणको खेलसम्म राम्रो लयमा रहेका १४ बर्षिय खेलाडी पुरुषोत्तम सिलवाल माथि कठिन जित निकाले।

तेस्रो चरणको खेलमा कालो गोटी लिएर सिसिलियण प्रणालीमा खेल्न खोजेको पुरुषोत्तम चौलागाईं लाई रुपेशले खेल पेट्रोफ डिफेन्स प्रणालीमा परिणत गरे।दोस्रो चरणसम्म पराजय व्यहोराका पुरुषोत्तम आक्रमणक रुपमा प्रस्तुत भएता पनि ३३ औं चालमा पुग्दा सिपाही एउटा गुमाउन पुगे। त्यसपछि रुपेशले बिस्तारै खेलमा पकड जमाउदै ५३ औं  चालमा जित निकाले।

त्यस्तो चौथो चरणको खेेेलमा  तेस्रो चरणसम्म उत्कृष्ट प्रदर्शन गरिरहेका पुरुषोत्तम सिलवाल खेलको औं चालमा पराजित गरे।

ईङलिस ओपन प्रणालीमा सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तमले रुपेशलाई ४३ औं चासम्म बरबरी अवस्थामा राखेका थिए र खेल बराबरी तर्फ अग्रसर भएकोमा ४४ औं चालमा पुरुषोत्तमले गल्ती गर्न पुगे। रुपेशले  तत्काल फाइदा उठाउदै ६८ औ चालमा सफलता हात पारे। रुपेशले ४ अंक सहित शिर्ष स्थानमा रहे।

पूर्व नेपाल च्याम्पियन  सूरवीर लामा ,  फिडे मास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवालको ३ अंक रहेका छन्।

सुरविर झापाका राजन सुवेदीसंग पराजित भए।

आज क्षितिजको लागि सुखद रहयो  उनले तस्रो चरणको खेलमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए भने चौथो चरणको खेलमा  दोलखाका राजिव कार्कीलाई निरास बनाए। सुरविरले पनि तेस्रोपटक चरणमा राजिव कार्की माथी सफलता हात पारेका थिए।

दिव्यासं मल्टि प्रोडक्सनको प्रमुख प्रायोजन र रुक्मणी टुर्स एण्ड ट्राभलको सह प्रायोजनमा संचालन भइरहेको प्रतियोगितामा  ललितपुरका राजन पुरी रझापाका राजन सुवेदीले साढे २ अंक जोडेका छन्।

महिलातर्फ भने वोमेन फिडे मास्टर सुजना लोहनी ४ अंक सहित शिर्ष स्थानमा रहेका छन्।

उनले तेस्रो चरणको खेलमा चितवनका लक्ष्मी कँडेललाई खेलको ७१ औं चालमा आत्मसमर्पण गर्न लगाए चने चौथो चरणको खेलमा निकै नै रोचक खेलमा अनुभवको फाइदा उठाएर काठमाडौका रिया श्रेष्ठ माथि खेलक्षो ५७ औं चालमा जित हात पारे।

पर्साका सुशिला गुरु र रियो श्रेष्ठको ३ अंक सहित सुजनालाई पडछाइ रहेका छन्। मोरङका शान्ति धिमाल , लक्ष्मी कँडेल र कास्कीका पूजा भण्डारीको २ अंक रहेकोछ।

काठमाडौ लाजिम्पाट  स्थित होटेल ले हिमालयमा जारी प्रतियोगिताको शुक्रबार पाँचौ र छैटौं चरणका खेलहरु हुने छ।

 

 

तपाइँको प्रतिक्रिया ।