चक्र स्मृति पाठशाला गोकर्णेश्वर -८ मा “जिरो” शुल्कमा पठनपाठन शुरु

चक्र स्मृति पाठशाला गोकर्णेश्वर -८ मा  “जिरो” शुल्कमा पठनपाठन शुरु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २८।

गोकर्णेश्वरनगरपालिका वडा नं ८  बेशिगाउँमा रहेको चक्र स्मृति पाठशालाले जिरोःशुल्कमा पठनपाठन शुरु गरेको छ ।

२०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका समाजसेवी एवम सांसद चक्रबहादुर ठकुरीको स्मृतीमा स्थापना भएको उक्त विद्यालयले यही नयाँ शैक्षिक सत्रदेखि जिरोःशुल्कमा पठनपाठन शुरु गरेको हो ।

‘निशुल्क स्वास्थ्य र शिक्षा भए मात्र समृद्धी हासिल हुने भएकाले २१औं शताब्दीको लोकतन्त्रको अनुभुति गराउन हामीले नमूनाका रुपमा यस्तो अभियान शुरु गरेको  विद्यालयका संस्थापक एवम अध्यक्ष राजु सुनारले जानकरी दिएका छन।

उनले  यो शैक्षिक क्रान्ती  र सरकारलाई व्यङ्य रहेको भन्दै सो  अभियानमा सयौं मनकारीहरु जोडिएको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।