मापसे गरी सार्वजनिक सवारी साधन चलाउने दुई जना चालकमाथि मुद्धा

मापसे गरी सार्वजनिक सवारी साधन चलाउने दुई जना चालकमाथि मुद्धा
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २७।

मदिरा पिएर सार्वजनिक सवारी साधन चलाउदै गर्दा काठमाडौंको बानियाटार र जरङखुबाट पक्राउ परेका चालकलाई आइतबार मुद्धा चलाइएको छ ।
काठमाडौँको जरङखुबाट शुक्रबार पक्राउ परेका बा २१ च ३९ ७६ नम्बरको एम्बुलेन्स चालक धादिङको सिद्धलेख गाउँपालिका ३ घर भइ हाल काठमाडौँको तारकेश्‍वर बस्ने ३९ वर्षीय सोम श्रेष्ठलाई दिन ५ ९पाँच० म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान सुरु भएको छ ।
त्यस्तै, काठमाण्डौको बानियाटारबाट शनिबार पक्राउ परेका बा २ ज २७ २६ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौँको चौमती बस्ने २८ वर्षीय मेक मान तामाङमाथि पनि दिन ५ ९पाँच० म्याद थप गरी प्रहरी वृत महाराजगंजबाट आवश्यक अनुसन्धान शुरु भएको छ ।
मादक पदार्थ सेवन गरि एम्बुलेन्स तथा भाडाका सवारी साधन चलाउनु आफैमा निन्दनीय कार्य रहेको र यसले गर्दा आफु मात्र नभइ यात्रुको ज्यान समेत जोखिममा पर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
रमाइलोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार आंकलन गर्न नसक्ने हुँदा दुर्घटना हुने र सम्भावित दुर्घटना रोकथामका लागी रात्रिकालिन मा।प।से चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिइएको समेत उहाँले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।